चालक महासंघको चार सूत्रीय माग पेश - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, January 3, 2019

चालक महासंघको चार सूत्रीय माग पेश

गफसफ.com, कालेबुङ2 जनवरी।

चालक महासंघले चारसूत्रीय माग पेश गर्दै कालेबुङ थाना प्रभारीलाई ज्ञापन पत्र चढाएको छ। महासंघका अध्यक्ष महेन्द्र गुरुङको नेतृत्वमा रहेको प्रतिनिधी टोलिले थाना प्रभारीलाई भेट गरेर चालकवर्गको समस्या समाधानको निम्ति पहल गर्दिनुपर्ने माग गरेका छन्।

विशेष गरेर कालेबुङ नयाँ जिल्ला गठन भएपछि यहाँका चालकवर्गले आफ्ना वाहनहरूमा ट्याक्सी नम्बर लगाउने कार्य गरेको भन्दै पर्यटकहरूलाई साइट सिन गर्नका निम्ति यहाँकै ट्याक्सी वाहनहरूलाई दिनुपर्ने प्रशासनलाई सङ्गठनले माग गरेको छ। यसका साथै पार्किङको समस्या समाधान गर्न नयाँ मोटर स्ट्याण्ड सञ्चालन गर्नुपर्ने पनिसङ्गठनले माग गरेको छ। यसका साथै विभिन ठाउँका स्ट्याण्डहरूबाट वाहनहरूलाई अनावश्यक रूपमा हटाउने कार्य गर्न नहुने अनि विगतमा सम्पन्न भएको विधानसभा चुनाव खटाइएको वाहनहरूको भाडा झट्टै दिनुपर्ने पनि सङ्गठनले माग गरेको छ। यसबारे सङ्गठनका अध्यक्ष महेन्द्र गुरुङले जानकारी दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad