अनियन्त्रित वाहनले 70 वर्षिय वृद्धलाई हिर्काएर कस्यो चम्पट; वृद्धको घट्ना स्थलमै भयो मृत्यु - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, January 2, 2019

अनियन्त्रित वाहनले 70 वर्षिय वृद्धलाई हिर्काएर कस्यो चम्पट; वृद्धको घट्ना स्थलमै भयो मृत्यु

गफसफ.com, कालेबुङ, 2 जनवरी।
राष्ट्रिय राजमार्ग 10 अन्तर्गत 29 माइलमा एउटा वाहनले एक वृद्धलाई हिर्काएर चम्पट कसेको छ भने 70 वर्षिय वृद्ध  कुलबहादुर दर्जीको मृत्यु भएको छ। उक्त घट्ना आज बिहान लगभग 10 बजे भएको हो। वाहनले लागेर घाइते बनेका कुलबाहादुर दर्जीलाई स्थानीय मानिसहरूले तत्कालै रम्बी अस्पताल पुर्‍याइएको थियो भने अस्पतालमा चिकित्सकले उनको मृत घोषित गरेका हुन्।

प्राप्त जानकारी अनुसार राष्ट्रिय राजमार्गको 10 अन्तर्गत 29 माइल निवासी 70 वर्षिय वृद्ध कुलबहादुर दर्जी बिहान सडक पार गर्ने क्रममा एउटा वाहनले हिर्काएर चम्पट कसएको हो। अधिक रफ्तारमा रहेको वाहनले उनलाई हिएकार्पछि वाहन नरोकि भागेको कारण कसैले चिन्न सकेन। जसको कारण उक्त हिर्काउने वाहनको कुनै पत्तो लाग्न सकेको छैन।
वाहनले हिर्काएर घाइते बनेका वृद्ध कुलबहादुर दर्जीलाई स्थानीय देखेपछि तत्कालै उद्धार गरेर रम्बी प्राथमिक स्वास्थ केन्द्रमा पुर्‍याइएको थियो। जहाँ उनलाई चिकित्सकले मृत घोषित गरे। मृतक कुलबहादुर दर्जीलाई कुन वाहनले हिर्काएको हो भन्ने अहिलेसम्म पत्तो लाग्न सकेको छैन। यसबारे पुलिसले प्राथमिकी दर्ता गरेर घट्नाबारे जाँच गर्दै चम्पट कसने वाहनको खोजि अभियान सुरु गरेको छ।

No comments:

Post a Comment

Post Bottom Ad