मुख्यमन्त्री ममता ब्यानर्जी 5 दिने उत्तरबङ्गालको भ्रमणमा आउने; भ्रमण अवधी जीटीए चुनावबारे चर्चा हुनसक्ने सम्भावना - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, January 11, 2019

मुख्यमन्त्री ममता ब्यानर्जी 5 दिने उत्तरबङ्गालको भ्रमणमा आउने; भ्रमण अवधी जीटीए चुनावबारे चर्चा हुनसक्ने सम्भावना

गफसफ.com, सिलगडी, 10 जनवरी।
मुख्यमन्त्री ममता व्यानर्जीले यस वर्षको पहिलो दार्जीलिङ जिल्लाको भ्रमणमा आगामी 21 जनवरीका दिन आइपुग्ने भएकी छन्। उनी आगामी 21 जनवरीका दिन कोलकोताबाट बाघडोगरा हवाई अड्डा मार्फत सिलगडी आइपुग्नेछन् भने सोहि दिन दार्जीलिङ पुग्नेछन्। त्यसपछि आगामी 23 जनवरीका दिन उनले दार्जीलिङमा नेताजी सुवास चन्द्र वोसको जनजयन्ती कार्यक्रममा सामेल हुने भएकी छन्।
मुख्यमन्त्री ममता ब्यानर्जी (फाइल फोटो)
25 जनवरीदेखि उत्तर बङ्गाल उत्सव
पाँच दिवसीय उत्तर बङ्गालको भ्रमणमा आउने मुख्यमन्त्री ममता ब्यानर्जीले आगामी 25 जनवरीका दिन सिलगडीमा उत्तर बङ्गाल उत्सवको उदघाटन समेत गर्ने भएकी छन्। कञ्चनजङ्घा स्टेडियममा आयोजित उक्त उत्तर बङ्गाल उत्सव आगामी 22 जनवरीका दिन उद्घाटन गरिने तय भए पनि कार्यक्रममा फेरबदल गरिएको छ। मुख्यमन्त्री कोलकोताबाट सिलगडी हुँदै सोझै दार्जीलिङ गएर 24 जनवरीका दिन सिलगडी फर्केपछि उनले 25 जनवरीका दिन उक्त उत्सवको उद्घाटन गर्ने भएको हो। उद्घाटन समारोह पछि उनी त्यसै बेलुका कोलकोता प्रस्थान हुनेछन्।
विकासकार्यबारे प्रशासनिक वैठक हुने
भ्रमण अवधी मुख्यमन्त्री ब्यानर्जीले उत्तर बङ्गालको विकासलाई लिएर प्रशासनिक वैठक समेत गर्ने भएकी छन्। उनले उत्तर बङ्गालका विभिन्न जिल्लाका अधिकारीवर्गलाई लिएर अहिलेसम्म भएका विकास कार्यहरूबारे प्रशासनिक वैठकमा छलफल गर्ने भएकी छन्। यसका साथै दार्जीलिङमा जीटीएको विकास कार्यबारे पनि उनले छुट्टै प्रशासनिक वैठक गर्ने सम्भावना रहेको छ।
जीटीए चुनावबारे चर्चा हुने सम्भावना
जीटीए बोर्ड अध्यक्ष एवम् गोजमुमो अध्यक्ष विनय तामाङले जीटीए चुनावको माग गर्दै आइरहेका छन्। यस सम्बन्धमा उनले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई अघिबाटै पत्रचार समेत गरेका छन्। यस्तो अवस्थामा आगामी 21 जनवरीका दिन दार्जीलिङ पहाडको भ्रमणमा आउने मुख्यमन्त्री ममता ब्यानर्जीसँग विनय तामाङले वैठक बस्ने सम्भावना रहेको छ। उक्त वैठकमा विशेष गरेर जीटीए चुनावबारे चर्चा हुने सम्भावना रहेको छ।

No comments:

Post a Comment

Post Bottom Ad