श्रम दफ्तरको आयोजनामा दुईदिवसीय श्रमिक मेला; 13 जना मानिसहरूले पाए आर्थिक लाभ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, January 9, 2019

श्रम दफ्तरको आयोजनामा दुईदिवसीय श्रमिक मेला; 13 जना मानिसहरूले पाए आर्थिक लाभ

गफसफ.com, कालेबुङ 9 जनवरी।
पश्चिम बङ्गाल सरकारको श्रम दफ्तर कालेबुङको आयोजनामा दुई दिवसीय श्रमिक मेला सुरु भएको छ। कालेबुङको टाउन हल परिसरमा सम्पन्न भएको उक्त श्रमिक मेलाको आज उद्घाटन गरिएको हो। यस अवसरमा मुख्य अतिथिका रूपमा जिल्लापाल डा. विश्वनाथ उपस्थित रहेका थिए भने विशिष्ट अतिथिका रूपमा श्रम अयुक्त एवम् सचिव जावेद अख्तर, जिल्ला पुलिस अधिक्षक धुर्वज्योति दे, जीटीए बोर्ड सदस्य सञ्चबीर सुब्बा उपस्थित रहेका थिए।

यस अवसरमा श्रम विभागद्वारा 13 जना लभार्थीहरूलाई विभिन्न योजनाहरू मार्फत् आथिक सहायता प्रदान गरिएको थियो भने उनीहरूलाई मुख्य अतिथि अनि विशिष्ट अतिवर्गको बाहुलीबाट चेक प्रदान गरिएको थियो।
उद्घाटन सत्रको कार्यक्रमलाई संक्युक्त श्रम आयुक्त अधिकारी चन्दन दासगुप्ताले स्वागत सम्बोधन राखेका थिए भने विशिष्ट अतिथिका रूपमा उपस्थित जीटीए बोर्ड सदस्य सञ्चबीर सुब्बाले श्रम विभगाद्वारा प्रदान गरिने सरकारी सहुलियतको जनताले लाभ उठाउनुपर्ने आह्वान गरे।

यसैक्रममा जिल्ला पुलिस अधिक्षक धुर्व ज्योति देले पनि समोधन गर्दै श्रम विभागस्सँग जोडिएर मानिसहरूले आफ्नो अधिकार लिनुपर्ने आह्वान गरे भने मुख्य अतिथिका रूपमा उपस्थित जिल्लापाल डा. विश्वनाथले सरकारले जन कल्याण्डका निम्ति धेरै कार्यहरू गरिरहेको बताउँदै जन कल्याणकारी योजनाहरूको मानिसहरूले लाभ उटाउनुपर्ने आह्वान गरे। उनले कालेबुङ नयाँ जिल्ला गठन भएपछि अनेकौँ जनकल्याणकारी योजनाहरूको लाभ जनताले उठाइरहे पनि छोडिएका मानिसहरूले पनि सम्बन्धित विभागहरूमा सम्पर्क राखेर योजनाको लाभ उठाउनुपर्ने आह्वान गरेका छन्।

अर्कोतर्फ कार्यक्रममा विशेष रूपले उपस्थित बनेका श्रम श्रम अयुक्त एवम् सचिव जावेद अख्तरले श्रम विभाग मार्फत जनताले पाउने सहुलियतहरूबारे विस्तृतमा जानकारी गराए। उनले हालमा श्रम विभागका पञ्जिकृत गर्नाले सरकारद्वारा छोरिहरूको शिक्षा देखि लिएर सामान्य मृत्यु र दुर्घट्नामा मृत्यु हुँदा समेत आर्थिक सहयोग पाउने गरेको बताए। यसका साथै बिरामीहरूलाई समेत सरकारले श्रम विभागमा पञ्जिकृत गर्नेहरूलाई नि:शुल्क उपचारको व्यवस्था गरेको बताउँदै प्रत्येकले श्रम विभागमा पञ्जीकृत गरेर लाभ उठाउनुपर्ने आह्वान गरेका छन्।
कार्यक्रमको दोस्रो चरणमा भने मुख्य अतिथि डा. विश्वनाथले रिबन काटेर श्रमिक मेलाको उद्घाटन गरेभने उक्त श्रमिक मेलामा श्रम विभागद्वारा प्रदान गरिने सहुलियतहरूबारे जानकारी दिइने स्टलसँगै अन्य बिभागीय स्टलहरू राखिएको छ।

No comments:

Post a Comment

Post Bottom Ad