प्रियङ्काको विवाहलाई ऐतिहासिक बनाइन् कालेबुङकी कुस्मिताले - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, December 6, 2018

प्रियङ्काको विवाहलाई ऐतिहासिक बनाइन् कालेबुङकी कुस्मिताले

गफसफ.com, मुम्बई, 6 दिसम्बर।
गत 1 दिसम्बरका दिन कालेबुङकी छोरी कुस्मिता के.सी.-ले आफ्नो वेलावादन (भायोलिन) प्रस्तुत गरेर बलिउडको सबैभन्दा चर्चित विवाहको औसरलाई ऐतिहासिक रुपमा परिणत गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको समाचारले सारा नेपाली सङ्गीत जगत हर्षित बनेको छ।

उपलक्ष्य थियो बलिउडकी सुपरहिट हिरोइन प्रियङ्का चोपड़ा अनि हलिउडका अभिनेता तथा गीतकार-गायक निक जोनासको चर्चित विवाहोत्सव। राजस्थानको प्रख्यात पर्यटकीय शहर जोधपुरको उम्मैद प्यालेस होटलमा चर्चित जोडीको विवाहोत्सवमा उनले आफ्नो कला देखाएकी हुन्।
हुनत यो साल बलिउडका धेरै अभिनेता-अभिनेत्रीहरूले आफ्नो जोड़ी बाँधे। जोड़ी मात्रै बाँधेनन् उनीहरूले आ-आफ्नो विवाहोत्सवलाई चिरस्मरणीय बनाउने प्रयास पनि गरे। चोपड़ा स्वयम् अभिनेत्रीका साथसाथै एक अब्बल गायिका हुन् भने पति निक पनि अभिनेता अनि गायक-गीतकार हुन्।
आफ्नो साङ्गीतिक टोलीका सदस्यहरूसित कुस्मिता मुम्बई एयरपोर्टमा
विवाहपूर्व नै चर्चामा आएको निकियङ्का नामले परिचित यो जोड़ीले आफ्नो लगनगाँठो गाँसिएको क्षणलाई यादगार बनाउन धेरै रितीहरू पालन गरे। सङ्गीतको जगतमा वरबधू स्वयम् नै सम्बन्धित रहेको कारण विवाहका विभिन्न रीतिहरूमा विविध सांस्कृतिक प्रस्तुतिहरू पनि समाविष्ट थिए।
वन्यप्राणीहरूको प्रयोजनका साथै अनावश्यक रुपमा पटेका पड़काइएको कारण पर्यावरणसित सम्बन्धित सामाजिक संस्थाहरूले विरोध जनाउँदा विवादमा आएको यो क्षणलाई तर साङ्गीतिक प्रस्तुतिहरूले भिन्नै प्रकारले रमाइलो बनाएका थिए। यस्तै साङ्गीतिक प्रस्तुतिका लागि विशेष रुपले निम्त्याइएकी थिइन् कालेबुङकी छोरी कुस्मिता के. सी. जसलाई बेलारानी पनि भनिन्छ।
जुन दिन मलाई मेरो स्ट्रिङ क्वार्टेटका साथीहरूले सम्पर्क गरेर प्रियङ्का चोपड़ाको विवाहमा हामीले साङ्गीतिक प्रस्तुति दिनुपर्ने सूचना दिए, मलाई त सपना जस्तै लाग्यो भन्दै कुस्मिता बताउँछिन्, प्रियङ्का अघिदेखि नै मेरी आदर्श र प्रिय कलाकार हुन्। उनको अभिनय अनि सङ्गीतप्रतिको रुचीप्रति म अघिदेखि नै मोहित छु। तर यसरी उनकै विवाहको उत्सवमा स्वयम् आफ्नो कलाको प्रस्तुति गर्न पाउने मौका पाउँदा म त भएँ नै साथै भावविभोर पनि भएँ। कुस्मितासँग उनका सहयोगी सङ्गीत कलाकारहरू थिए भाइलिनमा क्यारोल जर्ज, सेलोमा तितियाना क्रिस्टकाया, पियानोमा तितियाना दिछेन्को, भायोलामा सुबिन।
एक घन्टासम्म चलेको यो विशेष रिवाजको कार्यक्रममा प्रियङ्का अनि निकका पारिवारिक सदस्यहरू अनि केवल 200 -जना अति नै घनिष्ट सम्बन्धी इष्टमित्रहरू मात्रै उपस्थित थिए। कतिपय कारणवश उक्त ऐतिहासिक क्षणको तस्वीर उतार्ने औसर नमिले तापनि यो पल भने आफ्नो जीवनमा चिरकालसम्म जीवन्त रहने कुस्मिता बताउँछिन्।
राजस्थानको प्रख्यात पाँचतारे होटल रेडिसनमा सम्पूर्ण सम्मानका साथ कुस्मिता र उनका सहयोगीहरूलाई राखिएको थियो भने यात्राको सम्पूर्ण प्रबन्धन आयोजनाले मिलाएको थियो। कुस्मिताहरूले प्रस्तुत गरेको कार्यक्रमलाई वरबधू दुवैका परिवार पक्षले खुबै आनन्द मानेर रसस्वादान गरेपछि यो टोलीको मुग्धकण्ठले प्रशंसा गरेका थिए। एक घन्टा चलेको यस पारम्परिक रीतिको कार्यक्रममा कुस्मिता अनि उनका सहयोगीहरूले त्यस क्षण साङ्गीतिक धुन प्रस्तुत गरेका थिए जब परिवारका सदस्यहरूको आगमन हुनुका सँगसँगै बेहुलीको प्रवेश, औँठी साटासाट अनि युगल जोड़ीद्वारा आजीवन सँगै रहने वाचाबन्धन गरिएपछि नव विवाहित दम्पत्तीले वैवाहिक पाइला अघि सार्ने रीत निर्वाह गरेका थिए।
आफ्नी प्रिय कलाकार प्रियङ्का अनि निकको विवाहको यस ऐतिहासिक क्षणमा भाइलिन बजाउने मौका पाएकीमा हर्ष प्रकट गर्दै कुस्मिताले नव वरबधूको सुखद वैवाहिक जीवनको कामना व्यक्त गरेकी छिन् अनि आफुलाई यस पलको साक्षात् बन्ने मौका प्रदान गरिएबापत् आयोजक टोलीप्रति कृतज्ञता प्रकट गरेकी छिन्।

No comments:

Post a Comment

Post Bottom Ad