ट्राईब्रेकरमा मोहम्मडनलाई पराजित गरेर पहिलो जीटीए चियरमेन्स गोल्डकपको च्याम्पियन बन्यो ईष्ट बङ्गाल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, December 23, 2018

ट्राईब्रेकरमा मोहम्मडनलाई पराजित गरेर पहिलो जीटीए चियरमेन्स गोल्डकपको च्याम्पियन बन्यो ईष्ट बङ्गाल

गफसफ.com, कालेबुङ, 22 दिसम्बर।
चर्चित फुटबल क्लब ईष्ट बङ्गालले ट्राइब्रेक्रममा मोहम्मडन स्पोर्टिङ क्लबलाई 3-1 ले पराजित गरेर पहिलो जीटीए चियरमेन्स गोल्डकपको च्याम्पियन बनेको छ। कालेबुङको मेला ग्राउण्डमा सम्पन्न भएको उक्त फाइनल खेलाको निर्धारित 90 मिनटको खेलमा कुनै गोल हुन सकेन। जसको कारण थप 20 मिनटको अतिरिक्त खेल खेलाइएको थियो भने उक्त अतिरिक्तको समयमा पनि कुनै गोल नभएपछि खेला ट्राइब्रेकरमा पुगेको थियो।

निर्धारित समयसम्म दुवै टोलिले गोल गर्न नसकेपछि ट्राइब्रेकरमा भने मोहम्मडन स्पोर्टिङ क्लबको फ्यातुलो प्रदर्शनले पराजित हुन परेको हो। जसको कारण ईष्ट बङ्गालले पहिलो जीटीए चियरमेन्स गोल्डकपको फाइनमा जित हासिल गर्ने गौरव हासिल गरेको छ।

दर्शकवर्गले टम्म भरिएको कालेबुङको मेला ग्राउण्डमा दुवै दलका खेलाडीवर्गले रोमाञ्चक खेल खेलेका थिए। खेलको सुरूआतमा नै मोहम्मडन स्पोर्टिङ क्लबले बिपक्षी दल ईष्ट बङ्गाल माथि दबाउ बनाएको थियो। यस अवधी मोहम्मडन स्पोर्टिङ क्लबका फिलिप अद्जाले पाएको सुन्दर मौकालाई गोलमा परिणत गर्न सकेनन्।
मोहम्मडन स्पोर्टिङ क्लबका स्टाइकर अद्जाले बिपक्षी दलका डिफेन्ससँगै गोलकिपरलाई समेत छक्काएर खालि गोलपोस्ट समेत गोल गर्न नसक्नुनै मोहम्मडन स्पोर्टिङ क्लबलाई दुर्भाग्य बन्यो। यस लगायत पनि मोहम्मडन स्पोर्टिङ क्लबले अनेकौँ सुन्दर मुभहरूको साथमा गोल गर्ने मौका बनाएको थियो। यद्यपी उनीहरूले अन्तिम समयमा सटिक फिनिसिङ दिन नसक्दा कुनै गोल गर्न नसकेको हो।

खेलको अवधी ईष्ट बङ्गालका खेलाडीवर्गले पनि विपक्षी टोलिमाथि दबाव बनाए पनि खेलको अधिकांश समय भने मोहम्मडन स्पोर्टिङ क्लबकै दब-दबा रहेको थियो। यसक्रममा ईष्ट बङ्गालका गोल किपरले पनि एकाधिक विपक्षी दलका खेलाडीवर्गले गरेको प्रहारलाई फुर्तिको साथमा रोकेर गोल हुनबाट बचाएको थियो।
पहिलो हाफको निर्धारित 45 मिनटको खेलमा दुवै दलका खेलाडीवर्गले एकार्कमाथि गोल गर्ने अनिकौँ प्रयासहरू गरेपनि गोल गर्न नसक्दा खेल 0-0 मा रहेको थियो। त्यसपछि दोस्रो हाफको खेलमा पनि दुवै दलका खेलाडीवर्गले गोल गर्न सकेन। त्यसपछि खेल अतिरिक्त समयमा पुगेको थियो। खेलको अतिरिक्त समयमा दुवै टोलिले एकार्कमाथि चरम दबाव सिर्जना गरे पनि गोल गर्ने सम्पूर्ण प्रयासहरू भने विफल बनेको थियो। त्यसपछि खेल ट्राइब्रेकरमा पुगेको थियो।

ट्राइब्रेकरमा भने मोहम्मडन स्पोर्टिङ क्लबको प्रदर्शन अत्यन्त्यै फ्यातिलो रहेको थियो। पहिलो पेनल्टी हिर्काउन आएका मोहम्मडन स्पोर्टिङ क्लबका खेलाडी प्रसञ्जित चक्रवर्तीले हिर्काएको फ्यातुलो सर्टलाई बिपक्षी दलका गोलकिपरले आरमको साथमा रोकेका थिए। यता ईष्ट बङ्गालका खेलाडीवर्गले भने पेनल्टी हिर्काउनमा कुनै गल्ति गरेनन्। ईष्ट बङ्गालका खेलाडीवर्गले हिर्काएको तीनवटा पेनल्टीलाई गोलमा परिणत गरेको थियो भने यता मोहम्मडन स्पोर्टिङ क्लबले भने हिर्काएको चार पेनल्टी मध्ये केवल एउटा मात्रै गोलमा परिणत गर्न सकेको थियो। जसको कारण ईष्ट बेङ्गालले आखिरमा मोहम्मडन स्पोर्टिङ क्लबलाई 3-1 ले पराजित गरेर पहिलो जीटीए चियरमेन्स गोल्ड कपको खितमा आफ्नो झोलिमा हाल्न सफल भएको छ।
जीटीए चियरमेन्स गोल्ड कपले फुटबलको गरीमा फर्किएको छ – विनय तामाङ
गत 9 दिसम्बरदेखि सुरु भएको जीटीए चियरमेन्स गोल्ड कपले पहाडमा फुटबलको गरीमा फर्किएको जीटीए अध्यक्ष विनय तामाङले बताएका छन्। विगतका दिनमा पहाडमा फुटबलको गरीमा रहे पनि वितेको तीन दशक यता फुटबलको गरीमा हराएर गएको बताउँदै जीटीए चिरमेन्स गोल्ड कपले पहाडमा 33 वर्षपछि फुटबलको गरीमा फर्किएको तामाङले दाबी गरेका छन्।

उनले जीटीए चियरमेन्स गोल्डकपको आयोजनाले पहाडका खेलाडीवर्गले समेत आफ्नो प्रतिभा देखाउने मौका पाएको बताएका छन्। यसक्रममा उनले गोल्डकप फुटबल आयोजनाको निम्ति मुख्यमन्त्री ममता ब्यानर्जीलाई समेत धन्यवाद दिएकी छन्। उनले जीटीए चियरमेन्स गोल्ड कप फुटबलको आयोजना प्रत्येक वर्ष सम्मपन्न हुने बताउँदै उक्त फुटबलले पहाडमा धेरै प्रतिभाहरूलाई जन्माउने पनि आशा व्यक्त गरेका छन्। यसक्रममा उनले यस गोल्डकप टुर्नामेन्टले दार्जीलिङ, कालेबुङ, खर्साङ, सुकुना, मङ्पू अनि सालुगडाको ग्राउण्ड समेत व्यवस्थित बन्न सकेको बताउँदै आगामी दिनहरूमा उक्त मैदानको सङरक्षण गर्नुपर्ने पनि बताएका छन्।
रणनीति सफल बन्यो – रञ्जित चौधरी
ईष्ट बङ्गाल फुटबल टिमका कोच रञ्जित चौधरीले जीटीए चियरमेन्स गोल्डकप च्याम्पियन बनेपछि रणनीति सफल बनेको दाबी गरेका छन्। ‘हामी ट्राइब्रेकरमा पराजित भएका छैनौँ। यसैकारण खेललाई हामीले ट्राइब्रेकरसम्म पुर्‍याइने रणनीति बनाएका थियौँ, जुन रणनीतिमा सफल बनेका छौँ’ कोच रञ्जित चौधरीले भने।
पहाडमा प्रतिभावन खेलाडीहरू छन् - जयन्त ब्यानर्जी
ईन्डियन फुटबल एसोसिएसनका जयन्त ब्यानर्जीले जीटीए गोल्डकप फुटबलले पहाडका प्रभावन खेलाडीहरूको प्रतिभा बाहिर निस्कन सकेको बताएका छन्। उनले पहाडमा अनेकौँ सम्भावनाहरू रहेको भन्दै यस्ता प्रतियोगिताहरूले अझ धेर खेलाडीहरू बाहिर निस्कन सक्ने बताएका छन्।
पहाडका खेलाडीहरू युरोपियन लिग खेल्नेछन् – कौशिक मौलिक
जीटीए चियरमेन्स गोल्डकप फुटबल टुर्नामेन्टले पहाडका खेलाडीहरूले राम्रो प्लेटफार्म पाएको अनि आगामी एक वर्षभित्रमा पहाडका खेलाडीहरू युरोपियन लिग खेल्नेछन् भनि फुटबल नेक्सट फाउण्डेसनका संस्थापक कौशिक मौलिकले बताएका छन्। ‘हामीले पहाडका प्रतिभावन खेलाडीवर्गलाई चयनित गरेर जर्मनी पठाइरहेका छौँ। आगामी एकवर्षमा पहाडका खेलाडीहरूले युरोपियन लिग खेल्नेछन्’ मौलिकले भने।

No comments:

Post a Comment

Post Bottom Ad