राष्ट्रिय राजमार्गमा वाहन दुर्घट्ना; पतिको मृत्यु पत्नी गम्भीर घाइते - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, December 12, 2018

राष्ट्रिय राजमार्गमा वाहन दुर्घट्ना; पतिको मृत्यु पत्नी गम्भीर घाइते

गफसफ.com, कालेबुङ, 12 दिसम्बर।
राष्ट्रीय राजमार्ग 10 अन्तर्गत सेतीझोडा नजिक एउटा वाहन दुर्घट्ना हुँदा पतिको मृत्यु भएको छ भने पत्नी गम्भीर घाइते भएका छन्। दुर्घट्नामा परेर वाहनका मालिक माचेङ लेप्चाको घट्ना स्थलमै मृत्यु भएको छ भने उनकी पत्नी छेवाङ डोमा भोटीया गम्भीर घाइते भएकी छन्।

प्राप्त जानकारी अनुसार सिक्किमबाट एस के 01 टीआर 2018-3045 नम्बरधारी होण्डा सिटी वाहन सिलगडीतर्फ गइरहेको थियो। सोही अवधि उक्त वाहन राष्ट्रीय राजमार्गको सेती झोडा नजिक नियन्त्रण हराएर अचानक सडकबाट लगभग दुईसय फिट तल झरेको थियो। जसको कारण वाहनका मालिक माचेङ लेप्चाको मृत्यु भएको छ।
घट्नाको समय उनले नै वाहन चलाइरहेका थिए भने उनीहरू पति पत्नी आफ्ना छोरालाई भेट्न सिलगडी गइरहेको समयमा उक्त दुर्घट्ना भएको हो। दुर्घट्नापछी उनकी पत्नी छेवाङ डोमा भोटीयालाई उद्धार गरेर उपचारको निम्ति सिलगडी लगिएको छ। यता मृतक लेप्चाको शवलाई भने पुलिसले उद्धार गरेर कालेबुङ अस्पतालमा पोस्टमार्टमको ल्याइएको छ भने भोली पोष्टमार्टमपछि उनको शव परिवारलाई सुम्पिइने छ।

No comments:

Post a Comment

Post Bottom Ad