असमको उदालगुडीमा गुडीरहेको इन्टरसिटी एक्सप्रेस ट्रेनमा बिस्फोट - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, December 1, 2018

असमको उदालगुडीमा गुडीरहेको इन्टरसिटी एक्सप्रेस ट्रेनमा बिस्फोट

गफसफ.com, गुवाहटी , 1 दिसम्बर।
असम राज्यको उदालगुडीमा इन्टरसिटी एक्सप्रेस भित्र शक्तिशाली विस्फोट भएको छ। उक्त विस्फोटको कारण 11 जना यात्री घाइते भएको खबर प्राप्त भएको छ भने एकजनाको अवस्था चिन्ताजनक रहेको छ। घट्नाको जानकारी पाउनसाथ रेल्वे पुलिस फोर्स अनि पुलिस बल घट्ना स्थलको जाँच गर्न निस्केका छन्।

प्राप्त जानकारी अनुसार  उक्त विस्फोट कामाख्या-डेकारगाउँ इन्टरसिटी एक्सप्रेसको एउटा कोचमा भएको हो। गुडीरहेको ट्रेनमा अचानक विस्फोट भएपछी यात्रीहरू आत्तिएका थिए। कसैले ट्रेनमा बम राखेर नै उक्त बिस्फोट गरेका हुन् अथवा अन्य कुनै बिस्फोटक सामाग्री अचानक बिस्फोट भएको हो भन्ने कुराको अहिले नै कुनै पुष्टि भएको छैन|
डीआईजी अनुराग अग्रवालले पुलिसले एक दल घट्नास्थलमा पठाइसकेको जानकारी दिएका छन्। उक्त विस्फोट गुडीरहेको ट्रेनमा लगभग 7 बजे भएको हो। प्राप्त जानकारी अनुसार सम्पूर्ण घाइतेहरूलाई अस्पतालमा भर्ती गरिएको छ। घाइतेहरू माध्ये एकजनाको अवस्था भने सोँचनिय रहेको छ। बिस्फोटपछी चारैतर्फ सुरक्षा व्यवस्था वृद्धि गरिएको भने घट्नाको वास्तविक पत्तो लगाउँन जाँच एजेन्सि जुटेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad