भूमिगत नेता विमल गुरुङ लगायत 72 जना गोजमुमो नेताहरू विरुद्ध सीआईडीले बुझायो चार्जसिट; पक्राउ वारन्ट जारी गर्नुपर्ने अपिल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, December 17, 2018

भूमिगत नेता विमल गुरुङ लगायत 72 जना गोजमुमो नेताहरू विरुद्ध सीआईडीले बुझायो चार्जसिट; पक्राउ वारन्ट जारी गर्नुपर्ने अपिल

गफसफ.com, दार्जीलिङ, 17 दिसम्बर।
सीआईडीले सोम्बार चिफ जुडिसियल म्याजिस्ट्रेट समक्ष भूमिगत नेता विमल गुरुङसँगै 72 जना गोजमुमो नेताहरू विरुद्ध चार्जसिट बुझाएको छ। यसका साथै सीआईडीले भगौडे नेताहरू विरुद्ध वारन्ट जारी गर्नुपर्ने अनि उनीहरूको सम्पत्ती जफत गर्ने आदेश जारी गर्नुपर्ने पनि न्यायालय समक्ष अपिल गरेको छ।

गतवर्ष 8 जुन 2017 का दिन दार्जीलिङमा पुलिससँग भएको झडपको मुद्दामा सीआईडीले न्यायालयमा चर्जसिट बुझाएको हो। सोहि घट्नाकै कारण पहाडमा 105 दिने बन्दको सुरुआत बनेको थियो भने उक्त बन्दकै अवधी गोजमुमो नेता विमल गुरुङहरू पहाडबाट भाग्न परेको हो।
गतवर्ष 8 जुन पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जी राजभवन दार्जीलिङमा क्याबिनेट वैठकमा भाग लिन आएकी थिइन्। सोहि दिन गोजमुमो कार्यकर्ताहरू भानु भवन अर्थात गोर्खा रङ्गमञ्च भवनमा पहाडमा बलजफ्ती बङ्गला भाषाको प्रयोगको विरोध गर्न नपाइने भन्दै धर्ना गर्न भेला भएका थिए। जुन धर्ना पछि पुलिस प्रशासन अनि मोर्चा समर्थकहरूमा झडपमा परिणत भएको थियो।
दार्जीलिङ न्यायालयका एपीपी पञ्कज प्रसाद ऐसार मोठ 72 जना गोजमुमो नेताहरू विरुद्ध सीआईडीले चर्जसिट दर्ता गरेको छ। जसमा गोजमुमोका भूमिगत नेता विमल गुरुङ, आशा गुरुङ, रोशन गिरी अनि अन्य रहेका छन्।
सीआईडीले चार्जसिट दर्ता गर्नको साथै भगौडे 45 जना विरुद्ध वारन्ट जारी गर्नुपर्ने अनि सम्पत्ती जफत गर्नुको आदेश जारी गर्नुपर्ने पनि अपिल गरेको छ। यसका साथै अन्यहरू भने अघिबाटै पक्रा परेर कोहि संशोधनगृहमा छन् भने कोही बेलमा छुटेका छन्। यसका साथै एपीपी प्रसादले यसभन्दा अघि नै कतिपयको भने सम्पत्ती जफत गर्ने कार्य भइसकेको बताएका छन्।
यसैक्रममा एपीपी प्रसादले जाँच गरिरहेको सीआईडीले अघिबाटै गोजमुमो नेता विनय तामाङ अनि अन्य छ जना क्रमैले ज्योति कुमार राई, मन्दिप शर्मा, अहमद मुखिया, जोन राई, देवराज  देवान अनि बरुण भुजेललाई भने प्रमाणको अभावमा जाँच परिधिबाट बाहिर राखिएको बताएका छन। बरुण भुजेल उनै हुन् जो कालेबुङ नगरपालिकाका निर्वाचित नगरपार्षद थिए अनि उनी पक्राउ परेर पछि न्यायिक हिरासतको समय कोलकोतामा मृत्यु भएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad