ग्रामीण पर्यटनलाई विकास गर्न राज्य सरकार तत्पर; होम-स्टे पञ्जीकरण पछि सरकारी सहुलियत प्रदान गरिने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, November 19, 2018

ग्रामीण पर्यटनलाई विकास गर्न राज्य सरकार तत्पर; होम-स्टे पञ्जीकरण पछि सरकारी सहुलियत प्रदान गरिने

गफसफ.com, कालेबुङ 20 नोभेम्बर।
ग्रामीण पर्यटनलाई महत्व दिँदै पश्चिम बङ्गाल सरकारले होम-स्टे व्यवसायलाई विशेष जोड दिने कार्य आरम्भ गरेको छ। विभिन्न ठाउँहरूमा ग्रामीण क्षेत्रका मानिसहरूले सञ्चालन गर्दै आइरहेका होम-स्टेहरूलाई अझ विकसित गर्नका निम्ति सरकारले विशेष सहयोग प्रदान गर्ने निर्णय लिएको छ। जसको निम्ति पश्चिम बङ्गाल सरकारले सञ्चालित होम-स्टेहरूलाई पञ्जीकरण गर्नुपर्ने भनेको छ।
ग्रामीण पर्यटनलाई वृद्धि गर्दै होम-स्टेहरूलाई प्रोत्साहन प्रदान गर्न पश्चिम बङ्गाल सरकारले गत महिना 30 अक्टोबरका दिन ग्याजेट नोटिफिकेसन समेत प्रकाशित गरेको छ। जसलाई पश्चिम बङ्गाल होम-स्टे पोलिसी 2017भनिएको छ।
सरकारद्वारा जारी उक्त अधिसूचनालाई कार्यन्वय गर्न नै कालेबुङ जिल्ला पर्यटम विकास समितिको सोम्बार एक वैठक समेत सम्पन्न भएको छ। कालेबुङ जिल्लापाल डा. विश्वनाथको नेतृत्वमा सम्पन्न भएको उक्त वैठकमा उप जिल्लापाल हरिशंकर पाणीकर, अब्दुल रकिब शेख लगायत अन्य अधिकारीवर्ग सँगै उत्तर बङ्गाल विकास विभागका प्रतिनिधी सतिस थीङ साथै जिल्ला प्रशासनका अधिकारीवर्ग उपस्थित रहेका थिए।
उक्त वैठकमा विशेष गरी होम-स्टेलाई पर्यटन व्यवसायको मूलधारमा ल्याउन अनि होम स्टे व्यवसायीहरूलाई प्रोत्साहन प्रदान गर्न सकरारओ पक्षबाट उपलब्ध गर्न सकिने सहुलियतहरूबारे चर्चा परिचर्चा गरिएको थियो। यस अवसरमा होम-स्टे व्यवसायीहरूलाई सञ्चालित होम-स्टेहरू पञ्जीकरण गर्नुपर्ने आह्वान गर्दै पञ्जीकरण भएपछि सरकारले ग्रामीण पर्यटन विकासका निम्ति होम-स्टे व्यवसायीहरूलाई हरेक प्रकारको सरकारी सहुलियत प्रदान गरिने जिल्ला सूचना एवम् सांस्कृतिक अधिकारी दिपक केरकेटाले वैठकपछी पत्रकारहरूलाई जानकारी दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad