भाजपा युवा मोर्चाद्वारा कालेबुङमा पोस्टरिङ; टाँसिएको केहिबेरमै च्यातियो पोस्टर - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, October 1, 2018

भाजपा युवा मोर्चाद्वारा कालेबुङमा पोस्टरिङ; टाँसिएको केहिबेरमै च्यातियो पोस्टर

गफसफ.com, कालेबुङ 2 अक्टोबर ।
भारतीय जनता पार्टीको पश्चिम बङ्गाल युवा अध्यक्ष देवजित सरकारलाई बङ्गाल पुलिसले प्रताडना दिएको भन्दै भाजपा युवा मोर्चाले कालेबुङमा पोस्टरिङ गरेको छ। सम्भवत राती गरिएको उक्त पोस्टर बिहान हुँदा सम्म सबै च्यातिएको छ।


कालेबुङ शहरको डम्बर चौक, मोटर स्ट्यान्ड, सिके चौक, दश माइल लगायत विभिन्न ठाउँहरूमा भारतीय जनता पार्टीको युवा मोर्चा कालेबुङ शखाले उक्त पोस्टरिङ गरेको हो। जुन पोस्टरहरू बिहान उज्यालो भएको केहि बेरमा नै च्यात्ने कार्य भएको छ।
विशेष गरेर केही दिन अघि इस्लाम्पुरमा विद्यार्थीको मृत्युलाई लिएर भाजपाले बङ्गाल बन्द डाकेको थियो। त्यसै समय भाजपा युवा मोर्चाका राज्य अध्यक्ष देवजित सरकार पीडित परिवारसँग भेट गर्न इस्लामपुर आएर कोलकोता फर्किएका थिए। कोलकोता फर्कने क्रममा नै उनलाई पुलिसले दालखोलाबाट पक्राउ गरेर प्रताडित गरेको भाजपा युआ मोर्चाले आरोप लगाएको छ। उनलाई पुलिसले प्रताडित गरेको भन्दै उक्त कार्यको विरोधमा कालेबुङमा पोस्टरिङ गरिएको हो। यद्यपी उक्त पोस्टरहरू पनि टाँसेको केहिबेरमा नै च्यात्ने कार्य भएको छ।
भाजपाले टाँसेको उक्त पोस्टरमा देवजित सरकारलाई न्याय दिनुपर्ने माग गरिएको छ भने बङ्गाल प्रशासन हाई-हाई भन्दै प्रशासनको आलोचना गरिएको छ।

No comments:

Post a Comment

Post Bottom Ad