चिया श्रमिकहरूलाई 20 प्रतिशत बोनस दिनुपर्छ – रोशन गिरी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, October 11, 2018

चिया श्रमिकहरूलाई 20 प्रतिशत बोनस दिनुपर्छ – रोशन गिरी

गफसफ.com, दार्जीलिङ 11 अक्टोबर ।
‘अहिलेसम्म चियाबारीका श्रमिकहरूको दसैं बोनस कहिल्यै घटेको थिएन। हामीले हरेक दसैंमा चियाबारी श्रमिकहरूको बोनस घटाउने होइन तर बढाउने काम गरेका छौं। आन्दोलन के श्रमिक, के विद्यार्थी, के कर्मचारीवर्ग, युवा, सचेत, बुद्धिजीवी सबै सबै जनता एकसाथ मिलेर गरेका थियौं। तर आन्दोलनलाई जिटिए-२ सित साट्ने काम भयो। धेरैले आन्दोलनमा भएको क्षतिपुर्ति पाए तर श्रमिकहरूलाई बङ्गाल सरकार, जिटिए, मालिक र विनय समूहको श्रमिक सङ्गठन सबै मिलेर शोषण गऱ्यो। उनीहरूले क्षतिपूर्ति पाएनन्’ उक्त कुरा भूमिगत अवस्थामा रहेका रोशन गिरीले प्रेस विज्ञप्ती जारी गरेर भनेका हुन्।


गतवर्ष चलेको गोर्खाल्याण्ड आन्दोलनको क्रममा भूमिग बनेका नेता रोश गिरीले यसवर्ष चिया श्रमिकहरूले पूज बोनस घटेर पाएको भन्दै यसको सम्पूर्ण जिम्मेवारी विनय तामाङप्रति लगाएका छन्।
‘चिया मालिकहरूलेसमेत क्षतिपूर्तिको माग गऱ्यो। आउने वित्तीयवर्षमा 100 करोड क्षतिपूर्ति दिलाउने टी बोर्डले काम गरिरहेको मिडियामा आइसकेको छ। मालिकहरूले क्षतिपूर्ति पाउने हो भने कसरी विनय समूहको श्रमिक सङ्गठनले 104 दिनको बन्दमा मालिकहरूले नोक्सानी खेप्न परेको बहानामा सँधै 20 प्रतिशत पाइरहेको बोनसलाई 15 प्रतिशतमा झारेको हो?’ रोशन गिरीले प्रश्न तेर्साएका छन्।
उनले चिया श्रमिकहरूले 20 प्रतिशत बोनस पाउनुपर्ने माग गर्दै कुनै पनि आन्दोलनमा सबैभन्दा ठूलो त्याग ती नै श्रमिकहरूको रहेको छ भनि बताएका छन्। यद्यपी सधैँ ती नै श्रमिकहरूलाई सरकार, मालिक र सरकारका गुलाम रहेकाहरूले शोषण गर्ने गरेको पनि दाबी गरेका छन्।
‘विनय तामाङले 44/45 सम्ष्टीमा गरेको जनसभामा 20 प्रतिशतमा नमान्ने बचन दिएका थिए। उनले मालिकहरू उनलाई भेट्न आउने निश्चित रहेको पनि बताएका थिए। मालिकहरू आए पनि तर के कुरा भयो र श्रमिकहरूको बोनस रातारात 15 प्रतिशतमा झाऱ्यो।?’ गिरीले प्रश्न तेर्साएका छन्। यसक्रममा उनले चिया श्रमिकहरूलाई क्षतिपूर्तिस्वरूप 20 प्रतिशत बोनस दिनुपर्ने माग पनि दोहोर्‍याएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad