युवतीद्वारा शरीरमा आगो लगाएर आत्माहत्याको प्रयास; दोकान जलेर नष्ट - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, September 28, 2018

युवतीद्वारा शरीरमा आगो लगाएर आत्माहत्याको प्रयास; दोकान जलेर नष्ट

गफसफ.com, कालेबुङ २८ सितम्बर।
रिहाना बेगम (३२) नामक एकजना महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेकी छन्। घटना शुक्रबार बिहान लगभग १० बजेतिर भएको हो।


प्राप्त जानकारी अनुसार 13 माइल आँपबोटे, अप्पर इच्छे स्थित रोहित राईको दोकान किरायमा लिएर टेलरिङको काम गर्दै आएका मोहम्मद सल्लौद्दीनकी पत्नी रिहाना बेगमले आफ्नै शरीरमा मट्टीतेल खनाएर आगो लगाएकी हुन्। आगलागीको कारण त्यहाँ अवस्थित दुईवटा दोकान जलेर नष्ट भएको छ। अचानक शरीरमा आगो लगाएको कारण आगोले दोकानभित्रका।लुगाहरू जलेपछी एकैठाउँमा रहेको बिरबहादुर राईको दोकान पनि जलेर नष्ट भएको छ।
मानसिक रोगी रहेकी मोहम्मद सल्लौद्दीनकी पत्नी रिहाना बेगमले शरीरमा आगो लगाएको थाह पाएपछी उनलाई भने उनकै पतिले दोकानबाट बाहिर निकालेका थिए। आगलागीको कारण गम्भीर अवस्थामा उनलाई कालेबुङ महकुमा अस्पतालमा भर्ना गरिएको छ।
यता आगलागीको चपेट परेको घट्नाबारे दोकानका मालिक रोहित राई अनि अर्का दोकाने बीरबहादुर राईले जानकारी दिँदै मानसिक रोगले पीँडित रिहाना बेगमले आफ्नो शरीर मट्टीतेल खन्याएर आगो लगाइ आत्महत्याको प्रयास गर्दा नै उक्त मट्टीतेलकै कारण दोनाकमा आगलागी भएको बताएका छन्। मट्टीतेल भुँइमा पोखिएपछि आगोले तत्कालै उग्ररूप लिएको उनीहरूको भनाइ रहेको छ।

No comments:

Post a Comment

Post Bottom Ad