स्व.अशोक लामा अनि स्व. उर्मिला तामङ स्मृति गोल्ड कप शुरु - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, September 16, 2018

स्व.अशोक लामा अनि स्व. उर्मिला तामङ स्मृति गोल्ड कप शुरु

गफसफ.com, सोनादा १७ सेप्टेम्बर।  
मार्ग्रेटसहोप चियाबारीको खेलमैदानमा स्व.अशोक लामा अनि स्व. उर्मिला तामाङ स्मृति गोल्ड कप फूटबल टुर्नामेण्ट सुरु भएको छ। मार्ग्रेटसहोप फूटबल क्लबद्वारा आयोजना गरिएको उक्त प्रतियोगितामा बिजेता दललाई स्वर्णकप सहित ३० हजार नगद राशि दिइनेछ भनी उपबिजेता दललाई २० हजार नगद राशि सहित स्व .उर्मिला तामाङ स्मारक ट्राफि पनि प्रदान गरिने भएको छ।

आईतबारदेखि सुरु भएको खेलको उद्घाटन समारोहमा मुख्य अतिथिका रूपमा दार्जिलिङ सरकारी महाविद्यालयका प्रिन्सिपल-इन- चार्ज डा.प्रज्वल चन्द्र लामा उपस्थित रहेका थिए। यस अवसरमा विशिष्ट अतिथिका रूपमा मार्ग्रेटसहोप चियाबारीका  सह प्रबन्धकद्वय राम कुमार राई, बिकाश कुमार सिंह उपस्थित रहेका थिए। यसका साथै एस.पी.खालिङ, हरि खालिङ, जे.बी.धिताल, मोतीलाल तामङ र उनका परिवार मनिश तामाङ, बी.बी.कार्की आदिको पनि उपस्थिति रहेको थियो।
उद्घाटन खेलको अवसरमा विभिन्न रङारङ कार्यक्रमसहित मार्ग्रेटसहोप हाई स्कुलका विद्यार्थीहरुद्वारा सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो। यस अवसरमा प्रथम खेल बाघगौँडा युथ क्लब बनाम मार्ग्रेटसहोप हाई स्कुलका खेलाडीहरु माझमा सम्पन्न भयो।
बाघगौँडा युथ क्लब बनाम मार्ग्रेटसहोप हाई स्कुल माझ सम्पन्न भएको खेलमा दुवै द्लका खेलाडीवर्गले राम्रो खेल खेलेका थिए। पहिलो हाफको खेलमा कुनै गोल नभएपछि दोश्रो हाफमा मार्ग्रेटसहोप हाई स्कुलका खेलाडी अर्पण खवासले लगातार दुई गोल गरेर बाघगौँडा युथ क्लबलाई शुन्यको विरुद्ध २ गोल गरेर विजय हासिल गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad