गफसफ.com, कालेबुङ
18 सितम्बर।
विकास बोर्डका अध्यक्ष के.बी बराईलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अन्य विकास बोर्डका अध्यक्ष अनि उपाध्यक्षवर्गको पनि विशेष उपस्थिति रहेको थियो भने कालेबुङ नगरपालिका उपाध्यक्ष भीम अग्रावल, जीटीए पर्याटन विभागका अध्यक्ष सोनाम याखा आदिको पनि उपस्थिति रहेको थियो।
पश्चिम बङ्गाल कामी विकास
एवम् सांस्कृतिक बोर्डको दोस्रो वार्षिकोत्सव पालन गरिएको छ। सोम्बार 14 माइल
कालेबुङमा पालन गरिएको उक्त कार्यक्रममा राज्यसभा सांसद शान्ता छेत्री मुख्य
अतिथिका रूपमा उपस्थित रहेकी थिइन् भने विशिष्ट अतिथिका रूपमा डा. पी.डी भोटिया
उपस्थित रहेका थिए।
![]() |
K.B Baraily, Chairman Kami Board |
विकास बोर्डका अध्यक्ष के.बी बराईलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अन्य विकास बोर्डका अध्यक्ष अनि उपाध्यक्षवर्गको पनि विशेष उपस्थिति रहेको थियो भने कालेबुङ नगरपालिका उपाध्यक्ष भीम अग्रावल, जीटीए पर्याटन विभागका अध्यक्ष सोनाम याखा आदिको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्ने
क्रममा कामी विकास एवम् सांस्कृतिक बोर्डका अध्यक्ष के.बी बराईलीले सम्पूर्ण कामी समुदायको
विकासको निम्ति मुख्यमन्त्री ममता ब्यानर्जीले महत्वपूर्ण सहयोग गरेको दावी गर्दै
धन्यवाद प्रकट गरेका थिए। ‘कामी सम्प्रदायको सर्वाङ्गीन विकासका निम्ति मुख्यमन्त्री
ममता ब्यानर्जीको योगदान अतुलनीय रहेको छ। हामी उनको यस अतुलनीय योगदान प्रति आभार
प्रकट गर्दछौँ’ के.बी बराईलीले भने। कामी विकास बोर्ड गठन गरेर मुख्यमन्त्री ममता
ब्यानर्जीले कामी समुदायलाई सर्वाङ्गीन विकासको मार्गमा अग्रसर गराएको पनि उनले
दाबी गरेका छन्। यसक्रममा विकास बोर्डको मार्फत् नै कामी समुदायभित्र रहेका
कलाकृति समेत फस्टाउन सकिरहेको पनि बराईलीले बताएका छन्।
कार्यक्रममा मुख्य अतिथिका
रूपमा उपस्थित राज्यसभा सांसद शान्ता छेत्रीले पनि मुख्यमन्त्री ममता ब्यानर्जीको
कारण आज पहाडमा धेरै विकास बोर्डहरूले राम्रा कार्य गरिरहेको बताउँदै कामी विकास
बोर्डले पनि सामाजिक विकासमा धेरै राम्रो कार्य गरिरहेको दाबी गरिन्। यसक्रममा
उनले आफ्नो पक्षबाट सामाजिअ उन्नतीका निम्ति सक्दो सहयोग गर्ने बताएकी छन्।
कार्यक्रममा बोर्डका
अध्यक्ष के.बी बराईली अनि उपाध्यक्ष यकिन लामिछानेको बाहुलीबाट विभिन्न क्षेत्रमा
महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेका कामी समुदायका मानिसहरूलाई सम्वर्द्धना पनि
जनाइएको थियो। यस अवसरमा डी.जी बराईलीले आफ्ना कालजयी गीत ‘भैँसी लड्यो है माया...’
जस्ता गीत प्रस्तुत गरेका थिए भने, खगेन्द्र कालिकोटे, इन्द्रजीत मिजार, सोनिया
गजमेर, विक्रम कालिकोटे आदिले गीत प्रस्तुत गरेका थिए।
No comments:
Post a Comment