व्यापक पैह्रोले राष्ट्रिय राजमार्ग 10 पूर्णरूपले ठप्प; छैन खोलिने कुनै छाँट - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, September 15, 2018

व्यापक पैह्रोले राष्ट्रिय राजमार्ग 10 पूर्णरूपले ठप्प; छैन खोलिने कुनै छाँट

गफसफ.com, कालेबुङ 15 सितम्बर।
राष्ट्रिय राजमार्ग 10 पूर्णरूपले बन्द भएको छ। सेभोकदेखि 29 माइलसम्म गएको पैह्रोको कारण राजमार्ग पूर्णरूपले बन्द भएको हो। माथीबाट पैह्रो आएपछि राजमार्ग ठप्प बनेको हो। 


सिक्किक राज्यको एकमार्ग जीवन रेखा मानिने राष्ट्रिय राजमार्गमा पैह्रोको कारण बाटो बन्द भएप्पछि वाहनहरूको लामेताँत जाम लागेको छ भने मानिसहरू आफ्ना समान बोकेर पैदाल यात्रा गरिरहेका छन्।
विभागीय पक्षबाट बाटो सुचारू गर्नका निम्ति प्रयास गरेपनि अहिलेसम्म बाटो खोलिने भने कुनै छाँट रहेको छैन।
हामी हाम्रा पाठकहरूलाई यतिबेला राष्ट्रिय राजमार्ग 10 मा यात्रा नगर्ने आह्वान गर्छौँ। यदि यात्रा गर्नै पर्ने अवस्था भएको खण्डमा वैकल्पिक बाटोको व्यवस्था गर्ने सुझाव पनि दिँदछौँ।
हेर्नुहोस् फोटो फिचर...






No comments:

Post a Comment

Post Bottom Ad