सेर्पा दम्पतिको हत्या; भोलिदेखि नै सीआईडीले जाँच गर्ने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, August 18, 2018

सेर्पा दम्पतिको हत्या; भोलिदेखि नै सीआईडीले जाँच गर्ने

गफसफ.com, कालेबुङ 18 अगस्त।
कालेबुङ जिल्लाको पेदोङमा भएको सेर्पा दम्पति हत्याकाण्डको जाँच सीआईडीले गर्ने भएको छ। हत्याकाण्डको जाँच गर्न पुलिसले उक्त केस सीआईडीको हातमा सुम्पिएको पुलिस सूत्रले जानकारी दिएका छन्।
फुर्तेम्बा सेर्पा-पति, कुसुम सेर्पा-पत्नी - फाइल फोटो 
 गत 16 अगस्तका दिनसम्म आफ्ना छोरासँग फोनमा बात गर्ने सेर्पा दम्पति (फुर्तेम्बा सेर्पा-पति, कुसुम सेर्पा-पत्नी)को शुक्रबार अर्थात् हिजो मात्र हत्या भएको पुलिसले थाह पाएको हो। छोराले गरेको फोन उनीहरूले नउठाएपछि मात्रै आफन्तहरू घरमा जाँदा घरको अवस्था सन्दिग्ध देखेपछि पुलिसलाई जानकारी गराउँदै उक्त हत्याबारे पुष्टि भएको थियो। हत्याकाण्डको थाह लाग्न साथ पुलिसले घट्नाको गहन छानबिन गरेपनि आजसम्म हत्याराबारे भने कुनै पत्तो लाग्न सकेको छैन। हत्यालाई हरेक कोणबाट हेरेर जाँच गरिरहेको पुलिसले आज नै उक्त केस सीआईडीको हातमा सुम्पिएको छ भने अब हत्याको सम्पूर्ण जाँच सीआईडीले गर्ने भएको पुलिस सूत्रले जानकारी दिएका छन्।
हत्याकाण्डको पछि लुकेका अनिकौँ रहस्यहरूको पत्तो लगाउनका साथै हत्यारालाई समेत पक्रेर निकाल्न सीआईडीको उच्च पदस्थ अधिकारीको एक टोलि भोलिनै घट्ना स्थलमा आएर जाँच कार्य आरम्भ गर्ने पनि सूत्रले बताएका छन्। यता हत्याकाण्डको जाँच सीआईडीले गर्ने भएपछि मानिसहरूले हत्यारा चाँढै पक्रा परेर पीडित परिवारले न्याय पाउने आशा साँचेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad