अर्द्धवार्षिक पत्रिका पेरुङ्गो लोकार्पण - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, July 15, 2018

अर्द्धवार्षिक पत्रिका पेरुङ्गो लोकार्पण


गफसफ.com, कालेबुङ, 15 जुलाई

अर्द्धवार्षिक पत्रिका पेरुङ्गो-को लोकार्पण गरिएको छ। भानुजयन्तीको विशेष अवसर पारेर उक्त पत्रिकाको लोकार्पण गरिएको हो। कालेबुङ जिल्लाको चारखोल स्थित देउरालीमा एक कार्यक्रमविच उक्त पत्रिकाको लोकार्पण गरिएको हो।

कालेबुङ क्लुनी महिला महाविद्यालयका प्राचार्य डा. आर.बी भुजेल, कवि मनोज बोगटी, प्रदिप लोहागुण, एकान्त शर्मा आदिको बाहुलीबाट पत्रिकाको लोकार्पण गरिएको थियो। स्थानीय विशाल लिम्बु अनि आशिष लिम्बुको सक्रियतामा प्रकाशित हुने गरेको उक्त पत्रिकामा कथा, कविता, समीक्षा, गजल, लेख, निबन्ध आदि समावेश गरिएको छ।

कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित डा. आर. बी. भुजेलले विशाल लिम्बुहरूले गरिरहेको कार्यको प्रशंसा गर्दै भविष्यमा यस क्षेत्रका इतिहास, संस्कृति, साहित्य खोज्न परे यही पत्रिका आधार बन्ने बताए। ‘बिना साहित्य कुनै पनि समाज अघि बढ्न सक्तैन’ डा. भुजेलले भने। उनले क्षेत्रमा युवाहरूले साहित्यलाई अघि बडाउने कार्य गरिरहेको भन्दै यसले समाजलाई सहि दिशामा दोहोऱ्याउने पनि बताए। यसक्रममा पेरुङ्गो पत्रिकाले साहित्यिक पाटो मात्र नसेमेटर जातिको संस्कृति, मूल्य र मान्यता, इतिहास जस्ता पाटो पनि पक्कै समेट्ने अपेक्षा राखेको पनि बताएका छन्।

यता कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा पत्रिकाका सम्पादक विशाल लिम्बुले धेरै लामो समयदेखि गर्दै आइरहेको प्रयास आज सफल भएको बताएका छन्। ‘समाजलाई सहि दिशामा दोहोऱ्याउने दायित्व युवाहरूको काँधमा हुने भएकाले पत्रिका बाहेक उपयुक्त माध्यम अन्य भेटिएन। यसरी विविध दायित्ववोधले कुत्कुताएकाले नै यो पत्रिका निकाल्न परेको हो’ सम्पादक विशाल लिम्बुले भने।

No comments:

Post a Comment

Post Bottom Ad