सेती झोडामा पैह्रो: राष्ट्रिय राजमार्गमा यातायात बाधित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, July 19, 2018

सेती झोडामा पैह्रो: राष्ट्रिय राजमार्गमा यातायात बाधित

गफसफ.com, कालेबुङ 19 जुलाई।
राष्ट्रिय राजमार्ग 10 अन्तर्गत कालिझोडा नजिक सेतीझोडामा पैह्रो झरेको कारण आज यातायात बाधित बन्न पुगेको छ। यातायात सुचारू गर्नका निम्ति विभागीय पक्षबाट रातीको समयमा पनि पैह्रो सोहर्ने कार्य भने जारी रहेको छ।
चर्के घाम लागिरहेको समयमा अचानक सेती झोडामा माथीबाट पैह्रो झरेपछि राजमार्ग पुरेको थियो। जसको कारण सिलगडीबाट सिक्किम तथा कालेबुङ आउने अनि कालेबुङ, सिक्किमबाट सिलगडी तर्फ जाने वाहनहरू हाइवेमा जाम लागेर बस्न परेको थियो।
माथीबाट पैह्रोले ढुङ्गाहरू ल्याएर राजमार्गमा थुपारेको कारण नै यातायात बाधित बनेको थियो। उक्त घट्नाको जानकारी पाएपछि पीडब्ल्युडी राष्ट्रिय राजमार्ग 10 डिभिजनका अधिकारीवर्गले दुईवटा स्काभेटर लगाएर बाटो सफाई गर्ने कार्य आरम्भ गरेको थियो। दुईवटा स्काभेटरले माथीबाट झरेको पैह्रो सोह्रेर फ्याँक्ने कार्य गरेपछि आखिरमा एकतर्फ बाटो खुलिएपछि यातायात सामान्य रूपले सुचारू बनेको अभियन्ता उत्तम प्रधानले जानकारी दिएका छन्।
विभागीय अधिकारीवर्गले राष्ट्रिय राजमार्गमा यातायात सुचारू बनाउनलाई हरसम्भव प्रयास गर्दै कार्य गरेपछि साँझ पर्दासम्म दुईतर्फ बाटो खुल्ला गर्न भने सकेन। जसको कारण रात परेपछि पनि राजमार्गमा यातायात सुचारू गर्नका निम्ति कार्य चलिरहेको प्रधानले अझ जानकारी दिएका छन्। उनले भोलि बिहानसम्ममा माथिबाट झरेको पैह्रो सोह्रेर बाटो खुल्ला गर्ने कोशिस गरिरहेको अनि अहिलेसम्म एकतर्फ याता यात चलिरहेको पनि जानकारी दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad