मणि ट्रस्टले सीआईआईको कार्यक्रममा उठायो हस्तकलाकारहरूको मुद्दा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, July 1, 2018

मणि ट्रस्टले सीआईआईको कार्यक्रममा उठायो हस्तकलाकारहरूको मुद्दा


गफसफ.com, सिलगडी 1 जुलाई।

सी.आई.आई. अनि उत्तर बंगाल विकास विभागको संयुक्त आयोजनामा सिलगडीमा सम्पन्न स्किलिङ बेङ्गाल- इनेब्लिङ ग्रोथ, फोकस नर्थ बेङ्गाल (Skilling Bengal-Enabling Growth, Focus North Bengal) कार्यक्रममा मणि ट्रस्टका अध्यक्ष सुवास मणि सिंहले चारवटा मुद्दा उठान गरेका छन्। उनले विशेष गरेर हस्तशिल्प माथि जोड दिँदै उक्त मुद्दाहरू उठान गरेका छन्।


हस्तशिल्प भनेको सैद्धान्तिक होइन व्यवहारिक ज्ञानमा निर्भर हुन्छ। यसैले उनीहरूलाई सक्दो राम्ररी प्रशिक्षण दिइनुपुर्छ’ कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले अझ भने –‘उनीहरूका निम्ति 3 महिनाको प्रशिक्षण पर्याप्त हुँदैन। उनीहरूलाई 6 महिने प्रशिक्षण दिनुपर्छ अनि त्यसपछि पुनः 3 महिने एडाभान्स ट्रेनिङ गरेर जम्मा 9 महिना प्रशिक्षण दिनुपर्छ।

उनले कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रशिक्षणार्थीहरूलाई प्रशिक्षण अवधि दिइने मासिक 3 हजार रूपियाँ वृद्धि गर्नुपर्ने माग पनि राखेका छन्। प्रक्षिणार्थी प्रक्षिण लिन आउँदा आफ्नो रोज माया मारेर आउनु पर्ने भएको बताउँदै यसको निम्ति सरकारले उचित व्यवस्था गर्नुपर्ने सुझाव राखेका छन्। ‘अहिले केन्द्र सरकारले विभिन्न योजनामार्फत यस्ता प्रशिणार्थीहरूलाई 7 देखि 8 हजार रूपियाँ मासिक रूपमा प्रदान गर्ने गरेको छ। त्यस्तै योजना यस क्षेत्रमा पनि लागु गरेर उनीहरूको रोजवृद्धि गरिनपर्छ’-सुवास एम सिंहले भने।

सिंहले तेस्रो प्रस्तावस्वरूप प्रोडक्सन सेन्टर निर्माणका निम्ति सिन्कोना अनि चियाबगानहरूमा भोग्न परिरहेका असुविधाहरूबारे पनि आवाज उठाएका छन्। हामीले प्रोडक्सन सेन्टर निर्माणका निम्ति सिन्कोना अनि चिया बगानहरूमा जमीनको एनओसी पाउन सकिरहेका छैनौँ। यसैले बगानमालिक, सरकार, श्रमिक सङ्गठन आदि बसेर एनओसी दिने व्यवस्था होस् भन्ने हाम्रो माग छ’-सिंहले भने।

उनले पहाडको मात्र होइन जलपाइगुढी, अलिपुरद्वार अनि कुचबाहिर जिल्लाका कारिगरहरूको पक्षमा पनि आवाज उठाएका थिए।उक्त जिल्लाहरूका कारिगरहरूमाथि व्यापारीहरूको शोषण भइरहेको भन्दै उनले उनीहरूका उत्थानका निम्ति सरकारले समग्र अनि व्यापक योजनाहरू लागु हर्न आह्वान गरे।

बङ्गालमा विभिन्न प्रशिक्षणहरूद्वारा युवक-युवतीहरूलाई स्वनिर्भर बनाउन कार्यन्वयन गर्दै आएका विभिन्न पहल अनि योजनाहरूबारे चर्चा गर्न आयोजित उक्त कार्यक्रममा टेक्निकल एडुकेसन अनि स्किल डेभ्लोप्मेन्टका मन्त्री प्रभारी पुरनेन्दु बोस, उत्तर बङ्गालका कमिश्नर पीडी प्रधान, नेशनल स्किल डेभ्लोप्मेन्ट कर्पोरेसनबाट अभिशेष हेग्डे, सीआईआई उत्तर बङ्गाल जोनका पूर्व अध्यक्ष रतन कुमार बिहानी आदि प्रमुख रूपमा उपस्थित थिए। तीनवटा सत्रमा चलेको उक्त कार्यक्रममा विभिन्न उद्योगसित सम्बन्धीत स्रोत व्यक्तिहरूले आफ्नो सम्बोधन राख्दै युवक-युवतीहरूलाई दक्ष बनाउन विभिन्न प्रशिक्षणहरूबारे चर्चा-परिचर्चा गरिएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad