सरकारी निम्न बुनियादी पाठशालामा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, June 7, 2018

सरकारी निम्न बुनियादी पाठशालामा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न


गफसफ.com, कालेबुङ 7 जुन।

कालेबुङ बीटी कलेजसँग संलग्न रहेको सरकारी निम्न बुनियादी पाठशालामा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ। डा. एस.के सिंह अनि डा. इन्दिरा भारती सिंहले 32 जना विद्यार्थीवर्गको स्वास्थ्य जाँच गरेका थिए। स्वास्थ्य जाँचको क्रममा दुईजना विद्यार्थीहरूको स्वाथ्यमा गडबडी रहेको कारण उनीहरूलाई कालेबुङ जिल्ला अस्पतालमा उपचारको निम्ति रेफर गरिएको छ। 



स्वास्थ्यजाँचकै क्रममा चिकित्सकहरूले नानीहरूलाई स्वास्थ्य बन्नका निम्ति सफाई अनिवार्य रहेको भन्दै आफ्नो हातबाट हुने सङ्क्रमबाट बाँच्ने उपाय पनि सिकाउने कार्य गरेका थिए। जसक्रममा उनीहरूले नानीहरूलाई हात धुनका निम्ति 6 वटा विभिन्न सूत्रहरू पनि सिकाएका थिए। यस असवरमा आईसीडीएस केन्द्रका नानीहरूको पनि स्वास्थ्य जाँच कार्य गरेका थिए। कार्यक्रममा विद्यालयका प्रधान अध्यापक रूद्र कार्की, आईसीडीएस प्रभारी सम्झना दर्नाल, शिक्षक प्रशिक्षणार्थीवर्ग लगायत अन्य शिक्षकगण उपस्थित रहेका थिए।

स्मरण रहोस्, सरकारी निम्न बुनियादी पाठशालाले यसभन्दा अघि जीटीए स्तरीय निर्मल विद्यालय पुरस्कार अनि पश्चिम बङ्गाल राज्य स्तरीय शिशुमित्र पुरस्कार प्राप्त गरिसकेको छ। पाठशालाले यसरी स्वास्थ्यमा ध्यान राख्दै प्रत्येकवर्ष स्वास्थ्य सम्बन्धि कार्यहरू गर्दै आइरहेको प्रधान अध्यापक रूद्र कार्कीले जानकारी दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad