सन्दर्भ ममता ब्यानर्जीको कालेबुङ आगमन: स्वागतमा जुट्यो गोजमुमो, तृणमूल कङ्ग्रेस र सम्पूर्ण बिकास बोर्डहरू - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, May 24, 2018

सन्दर्भ ममता ब्यानर्जीको कालेबुङ आगमन: स्वागतमा जुट्यो गोजमुमो, तृणमूल कङ्ग्रेस र सम्पूर्ण बिकास बोर्डहरू


गफसफ.com, कालेबुङ 24 मई।

मुख्यमन्त्री ममता ब्यानर्जी 28 मईका दिन कालेबुङ आउने निश्चित भएको छ। उनको भव्य स्वागत गर्न गोर्खा जनमुक्ति मोर्चा, हिल तृणमूल कङ्ग्रेस अनि 15 वटा बिकास बोर्डहरू जुटेका छन्। गत वर्ष चलेको 105 दिने बन्द पछि प्रथमपल्ट कालेबुङ आउन लागेकी मुख्यमन्त्री ममता ब्यानर्जीको स्वागतमा कुनै कमी नराख्न गोजमुमो, हिल तृणमूल र 15 वटा बिकास बोर्डहरू लागी परेको हो।



मुख्यमन्त्री ममता ब्यानर्जीको स्वागतलाई लिएर तृणमूल कङ्ग्रेसको झण्डा वाहमा लाएर कालेबुङ भित्रिने कार्य आरम्भ भएको छ। यसका साथै बिभिन्न ठाउँहरूमा स्वागतका निम्ति राख्न बनाइएका ठूल-ठूला एकाधिक होर्डिङहरू पनि बाहनमा लादिएर कालेबुङ भित्रिन सुरु भइसकेको छ। 

हिल तृणमूल कङ्ग्रेसले मुख्यमन्त्रीको स्वागतमा बिभिन्न ठाउँहरूमा पार्टीको झण्डा लगाउने कार्य आरम्भ गरेको छ भने गोजमुमो पार्टीले पनि स्वागतको निम्ति पार्टीको झण्डा लगाउने कार्य गरिरहेको छ। पहाडको सत्तासिन राजनैतिक दल गोर्खा जनमुक्ति मोर्चाले मुख्यमन्त्री ममता ब्यानर्जीको स्वागतमा कालेबुङ शहरको मेन रोडमा पार्टीको झण्डा लगाउने कार्य गरेको छ भने डम्बर चौकदेखि कञ्चन सिनेमा हलको बाटोमा भने चेन फ्याल्ग लगाउने कार्य आरम्भ गरेको छ। यसका साथै बिभिन्न स्थानहरूला मोर्चाले स्वागत द्वारहरू पनि बनाउने भएको छ।

आगमी 28 मईका दिन कालेबुङ आइपुगे मुख्यमन्त्री ममता ब्यानर्जी 1 जूनका दिन कोलकोता फर्कने कार्यक्रम रहेको छ। पाँच दिवसीय कालेबुङ भ्रमण आउने मुख्यमन्त्री ममता ब्यानर्जीले 29 मईका दिन डा. ग्राह्म होस्म ग्राउण्डमा सम्पूर्ण बिकास बोर्डहरूका संयुक्त समितिको आयोजनामा सम्पन्न हुने कार्यक्रममा सहभागी बन्ने भएकी छन्। 

भ्रमण अवधी मुख्यमन्त्रीले आगमी 30 मईका दिन जिल्ला प्रशासन, पुलिस प्रशसन अनि जिटिए प्रशासनसँग प्रशासनिक वैठक गर्ने कार्यक्रम रहेको छ। यसबारे जिल्लापाल डा. विश्वनाथले पनि मुख्यमन्त्री ममता ब्यानर्जीको आधिकारिक भ्रमणबारे जानकारी दिएका छन्। माननिय मुख्यमन्त्री ममता ब्यानर्जी आगली 28 मईका दिन कालेबुङ आइपुग्नेछिन् भने 29 मईका दिन अल बोर्ड को-अर्डिनेसन कमिटिको कार्यक्रममा सहभागी हुनेछिन्। उनले 30 मईका दिन प्रशासनिक वैठक गर्नेछन् भने 1 जूनका दिन कोलकोता फर्कने कार्यक्रम रहेको छ। जिल्ला प्रशासनले उनको आगमनलाई लिएर कार्य गरिरहेको छजिल्लापाल डा. विश्वनाथले भने।

No comments:

Post a Comment

Post Bottom Ad