विभिन्न बोर्डहरूलाई दिए मुख्यमन्त्रीले ९६ करोड, मङपूले पायो स्टेट युनिभर्सिटी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, May 29, 2018

विभिन्न बोर्डहरूलाई दिए मुख्यमन्त्रीले ९६ करोड, मङपूले पायो स्टेट युनिभर्सिटी

गफसफ.com, कालेबुङ २९ मई। 

मुख्यमन्त्री ममता ब्यानर्जीले विभिन्न बोर्डहरूलाई मोठ ९६ करोड दिएका छन्। उनले आज बोर्डका अध्यक्षको हातमा उक्त पैसा थमाएका हुन्। यसकासाथै 66 जना उपभोक्तहरूलाई बोर्डहरू मार्फत् घर निर्माणको निम्ति चेक पनि उनले वितरण गरिन्।  पाँच दिवसीय भ्रमण आइएकी मुख्यमन्त्री ममता  ब्यानर्जीले केन्द्रले पहाडवासीका निम्ति केन्द्रिय युनिभर्सिटी निर्माण गगरेको कारण आफुले स्टेट युनिभर्सिटी दिएकी घोषणा गरिन्। उनले उक्त युनिभर्सिटी निर्माणको निम्ति जीटीए मार्फत् मङ्पूमा जमीन हेर्ने कार्य भएको बताउँदै अब मङ्पूमा चाँटै स्टेट युनिभर्सिटि निर्माण घोषणा गरिन्।



अल बोर्ड को-अर्डिनेसन कमिटिद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री ममता ब्यानर्जी मुख्य अतिथिका रूपमा उपस्थित बनेकी थिइन्। यसक्रममा जीटीए अध्यक्ष बिनय तामाङ मुख्यमन्त्री ममता ब्यानर्जीकै समिपमा बसेर स्टेजमा कुराकानी गरिरहेका थिए। कार्यक्रममा बिभिन्न बोर्डहरूद्वारा सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुति गरिएको थियो।

प्रस्तुत छ फोटो फिचर - 

















No comments:

Post a Comment

Post Bottom Ad