मुख्यमन्त्री ममता ब्यानर्जीले बिकास बोर्डहरूलाई बाँडे 96 करोड अनि भने –‘जसले राम्रो काम गर्नेछ उसैलाई सहयोग गर्नेछु’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, May 29, 2018

मुख्यमन्त्री ममता ब्यानर्जीले बिकास बोर्डहरूलाई बाँडे 96 करोड अनि भने –‘जसले राम्रो काम गर्नेछ उसैलाई सहयोग गर्नेछु’

गफसफ.com, कालेबुङ 29 मई। 

‘तपाईँहरू कस्तो हुनुहुन्छ?’ एकवर्ष पछि कालेबुङ आएकी मुख्यमन्त्री ममता ब्यानर्जीले नेपाली भाषामा सम्बोधन गरेर मानिसहरूलाई सोधिन्। भीडबाट ‘सञ्चै छौँ’-को ध्वनी आयो। त्यसपछि उनले भनिन्। ‘धेरै दिनपछि तपाईँहरूसँग भेट्ने मौका मिल्यो।’ यतिखेर उनी पहाड यसरी निकै लामो समयको अन्तरमा आउँन पाउँदा दुखित बनेको देखिन्थे। जुन कुरा उनको भाषणमा पनि प्रस्टै झल्कियो। ‘म वर्षभरी पहाडमा आउन चाहन्छु तर 8 महिना आउन सकिन। किनभने यहाँ केही समस्या थियो।’


उनले आफ्नो सम्बोधनको सुरुआतमानै तेञ्जिङ सेर्पालाई सम्झना गरे। अनि सम्झना गरे बौद्ध धर्म अवलम्बीहरूको चाँडा सागादावाको। त्यसपछि सबैलाई शुभकामना भनिन्। उनले तेञ्जिङ सेर्पालाई भारतको गौरव हुन् भन्दै उनकै जनमदिनमा आफुले कार्यक्रम आयोजना गर्न लगाएको पनि खुलस्त पारिन्।

उनले आफ्नो सम्बोधनमा बिगत वर्ष चलेको गोर्खाल्याण्ड आन्दोलन र 105 दिने पहाड बन्दलाई पनि सम्झना गरिन्। यद्यपी उनले सोझै त्यसको कुरा गरिनन्। ‘जे भयो भयो म त्यसलाई भुल्न चाहन्छु। यदि मेरोपक्षबाट पनि केही गल्ति भएका छन् भने त्यस गल्तिलाई सुधार्न चाहन्छु’ममता ब्यानर्जीले अझ भनिन् – ‘म यति चाहन्छु कि पहाडले अघाडी बडोस्।’ उनले बन्दले कसैको उन्नती नहुने बताउँदै बिगतको बन्दले पनि पहाडको उन्नती नभएर धेरै नोक्सान नै भएको बताए। त्यहीँ बन्दले पछि परेको पहाडलाई उन्नतीको बाटोमा फर्काउन आफु पहाड आएको भने। उनले पहाडमा बिकास गर्नका निम्ति सरकार सधैँ तत्पर रहेको भन्दै आफ्नो पक्षबाट सहयोग गर्न कहिल्यै पछि नहट्ने बताए।

अल बोर्ड को-अर्डिनेसन कमिटिद्वारा होम्स ग्राउण्डमा आयोजित कार्यक्रममा उनले 15 वटा बिकास बोर्डका अध्यक्षहरूको हाथमा करोडौँ रूपियाँको चेक पनि थमाइन्। उनमे मोठ 96 करोड रूपियाँको चेक बितरण गरेकी थिइन् भने 24 वटा बिकास कार्याहरूको शिल्यान्यास पनि गरिन्। ‘जुन बोर्डले राम्रो अनि अझ राम्रो काम गर्नेछ त्यस बोर्डलाई म धेरै सहयोग गर्नेछु। यदि जीटीएले रामो भन्दा राम्रो काम गर्छ भने म धेरै सहयोग गर्नेछु’ ममता ब्यानर्जीले अझ भनिन्-‘हिजका दिनमा जे भयो भयो, आउहुनोस् एउटा परिवार भएर काम गरौँ। म देख्न चाहन्छु हाम्रो कञ्चनजङ्घा हाँसोस्, चियाबारी हाँसोस्।’

यसै अवसरमा उनले मङ्पूमा स्टेट युनिभर्सिटी निर्माण गर्ने पनि घोषणा गरिन्। जीटीएले केन्द्रलाई केन्द्रिय विश्वबिद्यालयको माग गरेपनि उनीहरूले नदिएको भन्दै आफुले जीटीएको अनुरोधमा मङ्पूमा जमीन हेरेर स्टेट युनिभर्सिटी दिएको भन्दै अब चाँडै निर्माण कार्य हुने घोषणा गरेकी छन्। यसक्रममा उनले जीटीए क्षेत्रका बनबासीहरूलाई पर्जापट्टा दिने घोषणा पनि गरिन्। उनी आगमी 1 जूनका दिन कोलकोता फर्कन अघि एउटा कार्यक्रम आयोजना गरेर 3 सय बनबस्तीका परिवारलाई पर्जापट्टा दिने घोषणा गरेकी छन्।

अल बोर्ड को-अर्डिनेसन कमिटिको आयोजनामा सम्पन्न भएको कार्यक्रममा मुख्यमन्त्री ममता ब्यानर्जी मुख्य अतिथिका रूपमा उपस्थित रहेकी थिइन्। यसक्रममा जीटीए अध्यक्ष बिनय तामाङको पनि उपस्थिति रहेको थियो। भने मन्त्री अरूप विश्वास, इन्द्रनिल सेन, गौतम देव, राज्यसभा सांसद शान्ता छेत्री, जीटीए उपाध्यक्ष अनित थापा, गोरामुमो आध्यक्ष मन घिसिङ लगायत राज्यका शिर्षस्थ अधिकारीवर्ग उपस्थित रहेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad