जन कल्याण ट्रस्टको वार्षिक कार्यक्रममा समाजसेवी योगराज पौड्याल दोस्रो ‘जनकल्याण विशिष्ट सम्मान’-ले सम्मानित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, January 5, 2020

जन कल्याण ट्रस्टको वार्षिक कार्यक्रममा समाजसेवी योगराज पौड्याल दोस्रो ‘जनकल्याण विशिष्ट सम्मान’-ले सम्मानित

गफसफ.com, ५ जनवरी २०२०, कालेबुङ ।  
पौरखी समाजसेवी योगराज पौड्याललाई दोस्रो जन कल्याण्ड विशिष्ट सम्मानले सम्मानित गरिएको छ। कालेबुङमा पौड्याल पुस्तक पसलदेखि लिएर विभिन्न ठाउँहरूमा पसल बसाउन सक्षम बनेका योगराज राई एकजना कुशल समाजसेवी पनि हुन्। मेहन गरे आफ्नै ठाउँमा सुन फलाउन सकिन्छ भन्ने योगराज पौड्यालले समाजलाई दिएकै योगदानको कारण आज उनलाई जन कल्याण ट्रस्टको वार्षिक कार्यक्रममा दोस्रो जनकल्याण विशिष्ट सम्मान प्रदान गरिएको हो।

लोवर बोङबस्तीमा आयोजित कार्यक्रममा कार्यक्रमका मुख्य अतिथि सुवास मणि सिंह, जन कल्याण्ड ट्रस्टका अध्यक्ष प्रकाश भण्डारी, भुवन खनाल आदिको बाहुलीबाट उनलाई खदा, दोसल्ला पहिराइ, सम्मान पत्र, स्मृति चिह्न प्रदान गरी सम्मानित गरिएको थियो। शैक्षिक, सामाजिक, सांस्कृतिक, खेलकुद, उद्यम कुनै पनि क्षेत्रमा आफ्नो बहुमूल्य योगदान दिनेहरूलाई ट्र्स्टले यसरी जनकल्याण विशिष्ट सम्मान दिने कार्यको थालनी गरेको हो। यसैक्रममा यसवर्ष पौड्याललाई उनको मेहनत र उनले समाजलाई पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै आज दोस्रो जन कल्याण विशिष्ट सम्मानले सम्मानित गरेको हो।

उक्त कार्यक्रममा सामाजिक संस्था मणि ट्रस्टका संस्थापक अध्यक्ष सुवासमणि सिंह मुख्य अतिथिका रूपमा उपस्थित थिए। जन कल्याण ट्रस्टका अध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजनितिज्ञ तथा समाजसेवक भुवन पी. खनाल, पहिलो जन कल्याण विशिष्ट सम्मान प्रापक तथा ब्राइट लाइफ एकाडेमीका प्राचार्य टी. बी. बस्नेत, शिक्षक सुरजमणि प्रधान विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
मुख्य अतिथि अनि विशिष्ट अतिथिहरूको बाहुलीबाट जन कल्याण सङ्घका संस्थापक अध्यक्ष स्व. सी. पी. भण्डारीको तस्वीर अघि खदा अर्पण, दिप प्रज्जवलन गरि शुरू गरिएको कार्यक्रमबिच गत वर्ष सिक्किम विश्वविद्यालयबाट वाणिज्य सङ्काय अन्तर्गत स्नातकोत्तर तहमा स्वर्ण पदक प्राप्त गर्ने अनि गत दिसम्बर महिनामा नेशनल इलिजिबिलिटी टेस्ट (नेट) उतिर्ण गर्ने ट्रस्टकी सदस्या नितिशा भण्डारीलाई पनि उपस्थित अतिथिहरूको बाहुलीबाट खदा, दोसल्ला पहिराइ, संवर्द्धना पत्र प्रदान गरी सम्वर्द्धना जनाइयो।
कार्यक्रमबिच टारी गाउँ ग्राम सुधार समिति, एकता परिवार, तरङ्ग युवा सङ्घ, शालिग्राम समाज लगायत जन कल्याण सांस्कृतिक टोलिका कलाकारहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए जहाँ पूर्व शिक्षक तथा साहित्यकार ललित छेत्रीले आफ्नो कविता पेश गरे। यसक्रममा मुख्य अतिथि सुवासमणि सिंह, विशिष्ट अतिथिद्वय भुवन पी. खनाल, टी. बी. बस्नेत, सम्मानित अतिथि योगराज पौड्याल, ट्रस्टका अध्यक्ष प्रकाश भण्डारी आदिले सम्बोधन गरेका थिए। सङ्घका सह-सचिव सुनिल काफ्लेद्वारा सञ्चालित कार्यक्रममा अध्यक्ष गणेश सापकोटाले स्वागत सम्बोधन राखेका थिए भने मूलसचिव रोशन दाहालले धन्यवाद ज्ञापन गरे।

No comments:

Post a Comment

Post Bottom Ad