ठग आर्मीको खुलासा: पीडिताले भनिन् –‘अरू नारीहरू ठगीको शिकार नहोस् भनेर अघि आएको हुँ’ (हेर्नुहोस् भिडियो) - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, December 3, 2019

ठग आर्मीको खुलासा: पीडिताले भनिन् –‘अरू नारीहरू ठगीको शिकार नहोस् भनेर अघि आएको हुँ’ (हेर्नुहोस् भिडियो)

गफसफ.com, कालेबुङ, 3 दिसम्बर ।
केहिदिन अघि हामीले कालेबुङ जिल्लाको कागे ग्राम पञ्चायत क्षेत्रका बासिन्दा फिलोमिना लेप्चा आफैलाई भारतीय सेनाका जवान बताउने राहुल थापाबाट ठगिएको समाचार प्रकाशमा ल्याएका थियौँ। आज हामी उनै पीडित फिलोमिना लेप्चालाई घट्नाको वास्तविकताबारे प्रकाश पार्न अघि ल्याइरहेका छौँ। ग्रामीण क्षेत्रका एक निर्दोष नारीहरूलाई अहिलेघरी मित्रता गाँसेर कसरी ठगहरूले ठगिरहेका छन् भन्ने यो एउटा उदाहरण हो। हामी यो घट्नालाई अघि ल्याएर हाम्रा अन्य निर्दोष नारीहरू पुन: यस्ता ठगहरूको पञ्जामा नपरोस् भन्ने चाहन्छौँ। किन भने यसरी ठग्नेहरू दैनिक निर्दोष मानिसहरूको शिकारमा रहेका हुन्छन्। यसकारण तपाईँ पनि यस्ता ठगहरूको पञ्जामा पर्न सक्नुहुन्छ यसैले आज नै सचेत बन्नुहोस् अनि आफै ठगीको शिकार हुनबाट बाँच्नुहोस्। 
निर्दोष फिलोमिना लेप्चा पनि आफैलाई भारतीय सेनाका जवान बताउने राहुल थापा नाउँ गरेको युवकबाट ठगिएकी हुन्। तर उनले आफु ठगिए पनि आफुजस्तै अन्य निर्दोष नारीहरू यस्ता ठगहरूको शिकार नबनियोस् भन्ने चाहना राखेर मिडिया सामु आएकी हुन्। उनी भारतीय सेना भन्नसाथ मख्ख परेर ठगिएकी होइनन्। तर, त्यस ठगले पहिला साथी बनिए अनि बिस्तारै प्रेम जालमा फसाएर सम्पूर्ण विश्वासहरू जितेपछि अन्तमा निर्दोष फिलोमिना लेप्चालाई ठगेकी हुन्। होशियार बन्नुहोस् तपाईँ पनि ठगहरूको नजरमा परेको हुनसक्छ। यसकारण हामी भन्छौँ सचेत बन्नुहोस्। त्यस ठगले फिलोमिना लेप्चालाई ठगेको हामीले समाचार प्रकाशमा ल्याएपछि हामीसँग़ जोडिएका थुप्रै मानिसहरूले हामीलाई त्यस ठगले अघिबाटै ठगिगरेको खबरहरू साझा गरिरहेका छन्। अर्थात् फिलोमिना लेप्चा त्यस ठगबाट ठगिने पहिलो व्यक्ति भने होइनन्। यसकारण हामी तपाईँहरूलाई सचेत बन्ने आग्रह गर्दै यस्ता ठगहरू आफ्नै वरिपरि घुमिरहेका छन् भने पुलिसलाई सूचित गर्नुहोस् अनि पक्राऊ गरेर निर्दोषहरूलाई पुन: ठगिको शिकार बन्नबाट बचाउनुहोस्। 
यसै सन्दर्भमा ठगिको शिकार भएकी फिलोमिना लेप्चाको बयान सुन्नुहोस...

No comments:

Post a Comment

Post Bottom Ad