विमल गुरुङले जारी गरे भिडियो सन्देश; भने – ‘चुनाव अघि नै जनता सामु आउनेछु’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, March 22, 2019

विमल गुरुङले जारी गरे भिडियो सन्देश; भने – ‘चुनाव अघि नै जनता सामु आउनेछु’

गफसफ.com, कालेबुङ, 22 मार्च।
गोर्खा जनमुक्ति मोर्चाका भूमिगत नेता विमल गुरुङले ताजा भिडियो सन्देश जारी गरेर लोकसभा चुनाव अघि आउने दाबी गरेका छन्। उनले हाल आफु कानुनी रूपले बाहिर निस्कन नसकेको भन्दै जनतालाई लोकसभा चुनाव अघि आउने दाबी गरेका छन्। “अहिले कानुनी रूपले गर्दा म बाहिर आउन सकिरहेको छुइन, त म चाँढै चुनाव अघि नै जनता अघि आउनेछु’ विमल गुरुङले भनेका छन्।’ यसक्रम गुरुङले विनय तामाङ र अनित थापाले जनतालाई धोका दिएको आरोप लगाउँदै चुनावमा उनीहरूलाई जवाब दिनुपर्ने पनि बताएका छन्।

भूमिगत नेता विमल गुरुङले जारी गरेको भिडियोमा लोकसभा चुनावलाईए लिएर गोरामुमो पार्टीसँग गठबन्धन गर्न अघि सभा बसेर चर्चा गरेको भन्दै जातिय हितमा आफुहरू एकभएको दाबी पनि गरेका छन। यसक्रममा उनले जन आन्दोलन पार्टी, क्रामाकपा, गोर्खालिग, हिल कङ्ग्रेस, गल्फ लगायत अन्य राजनैतिक दलहरूको नाउँ नै लिएर सहयोग गर्नुपर्ने आह्वान गरेका छन्।
‘हामी एकार्क राजनैतिक दलहरू परेको खण्डमा एक भएका छौँ। अब अन्य दलहरू पनि एक हुनपर्ने अपिल गर्दछु’ विमल गुरुङले अझ भनेका छन् –‘गोरामुमो पार्टीले कुनै स्वार्थ नराखेर एकहुनपर्छ भनेपछि हामी एक भएका हौँ। हामीले गोरामुमोलाई सम्पूर्ण जाति ट्राइबल भएपछि एउटै एजेन्डा लिएर काम गर्छौँ भनेर बचन दिएका छौँ।’  विमल गुरुङले गोरामुमो पार्टीसँग आगामी दिनमा छैटौँ अनुसूचीकै मुद्दालाई अघि बडाउनुपर्ने विषय लिएर चुनावमा एक बनेको हुनसक्ने सम्भावनालाई अघि बडाएका छन्।
उनले दार्जीलिङ पहाडका निम्ति दीर्घकालिन समाधान हुनपर्छ भन्ने कुरा भाजपालाई स्पष्ट पारेको अनि उक्त कुरा भाजपाको चुनावी घोषणापत्रमा उल्लेख हुनपर्छ भनेको पनि बताएका छन्। ‘हाम्रो पर्मनेन्ट सल्युसन हुनपर्छ अनि यो कुरा मेनिफेस्टोमा आएको हुनपर्छ भनेर बीजेपीलाई भनेका छौँ’ विमल गुरुङले भनेका छन्।
यसक्रममा उनले लोकसभा चुनावमा तृणमूल कङ्ग्रेसको पछी लागेर जनताले पैस खाइदिनुपर्ने बताउँडै चुनावको समय भने सही निर्णय लिनुपर्ने आह्वान गरेका छन्। ‘तृणमूल कङ्ग्रेसको पैसा खाइदिनुहोस् तर मतदान गर्न अघि सोँच्नुहोस’ – विमल गुरुङले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad