भाजपा सरकारले गोर्खाहरूलाई फेरि दियो धोका; बजेटसत्रको अन्तिम दिनसम्म पारित भएन 11 गोर्खा जातगोष्ठिलाई जनजाति बनाउने बील - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, February 13, 2019

भाजपा सरकारले गोर्खाहरूलाई फेरि दियो धोका; बजेटसत्रको अन्तिम दिनसम्म पारित भएन 11 गोर्खा जातगोष्ठिलाई जनजाति बनाउने बील

गफसफ.com, कालेबुङ, 13 फरवरी।
भाजपा सरकारले बजेट सत्रको अन्तिम दिनसम्म भारतीय गोर्खाहरूका 11 जात गोष्ठिलाई जनजातिको मान्यता दिने सपना देखाएर आखिरमा सबै सपना चकनाचुर बनाएको छ। संसदको शितकालिन सत्रमा एघार जातगोष्ठिलाई जनजातिको मान्यता दिने बील पेश हुने दाबीहरू बिच आखिरमा शितकालिन सत्रमा हावा खाएको जनजाति मान्यताको मुद्दाले बजेट सत्रमा पनि हावा नै खाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वधीन भाजपा सरकारले एघार जातगोष्ठिलाई जनजातिको मान्यता दिने भन्दै बजेट सत्रको आज अन्तिम दिनसम्म रूँगाएर राखेको थियो। संसदको शीतकालिन सत्रमा गोर्खा समुदायका एघार जातगोष्ठीलाई जनजातिको मान्यता दिने बीलको कुनै अत्तोपत्तो नभएपछि हतारोसाथ दार्जीलिङका सांसद एस.एस. आहलुवालियाको प्रतिनिधित्वमा बीपी बजगाईँ अनि लिला कुमार गुरुङले केन्द्रिय जनजाति मन्त्री जोएले ओरामलाई भेटेर बजेट सत्रमा बील निश्चित आउने भिडियो नै सार्वजनिक गरेर दाबी गरेको पनि आखिरमा ‘हावा मिठाई’ नै बनेको छ।
भाजपा सरकारले एघार गोर्खा समुदायका जात गोष्ठिलाई जनजातिको मान्यता दिने बजेटसत्रको आज अन्तिम दिनसम्म पर्खाएर निराश बनाएपछि भाजपा सरकारको गोर्खाहरू प्रति इमान्दारिता पनि प्रष्ट बनेको छ। छुट्टै राज्य गोर्खाल्याण्डको नाउँमा दुईचोटी सांसद चुनेर पठाउने दार्जीलिङ पहाडका जनतालाई भाजपा सरकारले छुट्टै राज्य गोर्खाल्याण्ड गठनबारे चर्चा गर्नुको त टाडाको कुरा जनजातिको मान्यता दिने सन्दर्भमा पनि झुटो आश्वासन मात्रै दिएको प्रमाणित भएको छ। जसको कारण गोर्खाहरूको भाजपाप्रतिको आक्रोश वृद्धि गर्ने सम्भावना अझ बडेको छ।
भाजपाले एघार गोर्खा समुदायका जात गोष्ठिलाई जनजातिको मान्यता नदिएपछि यसको प्रभाव भूमिगत नेता विमल गुरुङलाई समेत पर्ने देखिएको छ। आजसम्म भाजपा प्रति आस्थावान बसेर भूमिगत अवस्थामा बसेका विमल गुरुङ, रोशन गिरी लगायत उनका समर्थकहरू पनि बजेट सत्रमा जनजातिको मुद्दाको चर्चा समेत नउठेपछि निराश भएका छन्। भाजपाले एघार जातगोष्ठिलाई जनजातिको मान्यता दिए आगामी लोकसभा चुनावमा पहाडमा आफ्नो राजनैतिक प्रभुत्व देखाउने ताकमा बसेका विमल गुरुङहरूलाई आखिरमा त्यहीँ भाजपाले जङ्गलबाट फर्कने मौका समेत नदिएको छाँट देखा परेको छ।

No comments:

Post a Comment

Post Bottom Ad