पहिलो जन कल्याण विशिष्ट सम्मान टी.बी. बस्नेतलाई प्रदान - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, January 19, 2019

पहिलो जन कल्याण विशिष्ट सम्मान टी.बी. बस्नेतलाई प्रदान

गफसफ.com, कालेबुङ, 19 जनवरी।
जन कल्याण ट्रस्टको वार्षिक कार्यक्रममा ‘जनकल्याण विशिष्ट सम्मान’ टी.बी बस्नेतलाई प्रदान गरिएको छ। लोवर बोङ बस्तीस्थित ब्राइट लाइफ एकाडेमी खोलेर सबै वर्गका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षादान साथै विभिन्न सङ्घ-संस्थामा रहेर समाजलाई उनले दिएको योगदानको कदर गर्दै ट्रस्टले उनलाई पहिलो ‘जनकल्याण विशिष्ट सम्मान’ प्रदान गरेको हो।
ट्रस्टका अध्यक्ष प्रकाश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला युवा अध्यक्ष विदुर राई मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। यसक्रममा मणि ट्रस्ट अध्यक्ष सुवासमणि सिंह सम्मानित अतिथिका रूपमा उपस्थित थिए। यसरी नै विशिष्ट अतिथिहरूमा शिक्षक तथा गोजमुमो कालेबुङ जिल्ला समिति प्रवक्ता भुवन पी. खनाल, 33 नम्बर समष्टि सांयोजक अनुप छेत्री, समाज सेवक योगराज पौड्याल, ठेकेदार सुमित थापा, शिक्षक भूवन बस्नेत आदि उपस्थित रहेका थिए। यसका साथै कार्यक्रममा विभिन्न सङ्घ-संस्थाबाट पदाधिकारीवर्गको पनि उपस्थिति रहेका थिए।
यसै अवसरमा कार्यक्रममा मुख्य अतिथिको बाहुलीबाट टी.बी बस्नेतलाई खदा, दोसल्ला, नेपाली टोपी, सम्मान पत्र आदि प्रदान गरी सम्मानित गरिएको थियो। सोहि कार्यक्रममा गत वर्ष भएको छात्र-युवा उत्सवमा सम्पन्न राज्य स्तरीय प्रतियोगितामा प्रथम बन्ने जन कल्याण सांस्कृतिक टोलिका कलाकारहरूलाई सम्बर्द्धना जनाइएको थियो भने यसबाहेक समाजमा रहेर शैक्षिक, सामाजिक, खेलकुद, सांस्कृतिक आदि क्षेत्रमा आफ्नो उत्कृष्ट प्रदर्शनले जिल्ला मै उदाहरण बनेका सदस्य प्रणय खनाललाई पनि उपस्थित मुख्य अतिथि एवम् विशिष्ट अतिथिहरूको बाहुलीबाट अभ्यर्थना जनाइयो।
कार्यक्रममा जन कल्याण सांस्कृतिक टोलिका कलाकारहरूले विभिन्न प्रकारको सांस्कृतिक गीत, नृत्य आदि प्रस्तुत गरेका थिए भने यसबाहेक अन्य सङ्घ-संस्थाबाट आएका अतिथि कलाकारहरूले पनि रङ्गारङ्ग कार्यक्रम प्रस्तुत गरे।
कार्यक्रमलाई मुख्य अतिथि विदुर राईले सम्बोधन गर्दै समाजलाई स्वास्थ्यको क्षेत्रमा सघाउ पुर्‍याउन र विशिष्ट अतिथि भुवन पी. खनालले सामाजिक सेवामा सघाउ पुर्‍याउने ट्रस्टलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
जनकल्याण सङ्घका सह-सचिव सुनिल काफ्लेद्वारा सञ्चालित उक्त कार्यक्रममा अध्यक्ष गणेश सापकोटाले स्वागत सम्बोधन राखेका थिए भने सदस्य एल. डी. काफ्लेले धन्यवाद ज्ञापन गरे।

No comments:

Post a Comment

Post Bottom Ad