दार्जीलिङामा नेताजी जयन्ती पालन; गोर्खाहरूको राष्ट्रिय चिह्नारी र सुरक्षाको स्थायी समाधान गर्ने मुख्यमन्त्री ममता ब्यानर्जीले गरिन् घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, January 23, 2019

दार्जीलिङामा नेताजी जयन्ती पालन; गोर्खाहरूको राष्ट्रिय चिह्नारी र सुरक्षाको स्थायी समाधान गर्ने मुख्यमन्त्री ममता ब्यानर्जीले गरिन् घोषणा

गफसफ.com, दार्जीलिङ, 23 जनवरी।
दार्जीलिङ पहाडको भ्रमणमा आएकी मुख्यमन्त्री ममता ब्यानर्जीले गोर्खाहरूको परिचयको संकट अनि सुरक्षाको समाधान गरिदिने घोषणा गरेकी छन्। नेताजी सुवासचन्द्र बोसको 123औँ जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री ब्यानर्जीले दार्जीलिङ पहाडको स्थायी समाधान अनो गोर्खा जातिको चिन्हारीको संकटको समाधान गर्ने घोषणा गरेकी हुन्।

यसैक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले आगामी लोकसभा चुनाव पछि जीटीए चुनाव गर्ने पनि स्पष्ट पारिन्। ‘आगामी लोकसभा चुनाउपछि जीटीएको पनि चुनाउ हुनेछ। जीटीएको चुनाउ हुनअघि यसलाई के गर्न सकिन्छ, त्यसमाथि अवश्यै समीक्षा गरेर उचित कदम उठाइनेछ। जसले गर्दा दार्जीलिङ, खरसाङ, कालेबुङ आदि क्षेत्रको लागि राम्रो हुन सकोस्’ मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्।
स्मरण रहोस, वितेको वर्ष 2017-मा चलेको गोर्खाल्याण्ड आन्दोलनको क्रममा राज्य सरकारसँग दुईपक्षिय वार्ता सुरु भएपछि मुख्यमन्त्री ममता ब्यानर्जीले पहाडको निम्ति स्थायी राजनैतिक समाधानको प्रस्ताव सबै राजनैतिक दलहरूलाई मागेकी थिइन। सोहि प्रस्ताव अनुसार गोरामुमो अध्यक्ष मन घिसिङले मङ्गलबार दार्जीलिङमा मुख्यमन्त्री ममता ब्यानर्जीलाई भेट गरेर छैटौँ अनुसूची मात्र स्थायी समाधान हो भनिसकेका छन्।
अर्कोतर्फ गोजमुमो विनय तामाङले गुटले केहिदिन अघि मात्रै कोलकोताको ब्रिगेड मैदानमा तेस्रो मोर्चालाई आगामी लोकसभा चुनावमा समर्थनको घोषणा गर्दै 8 बुँदै माग पेश गरिसकेको छ। जसमध्ये गोर्खाहरूको परिचयको संकटलाई स्थायी समाधान गर्नुपर्ने माग पहिलो नम्बरमा नै उल्लेख गरेको छ। यसका साथै गोर्खा समुदायका 11 जातगोष्ठिलाई जनजातिको मान्यता दिनुपर्ने माग पनि उठान गरेको छ।
नेताजी सुवासचन्द्र बोसको जन्मजयन्तीको अवसरमा मुख्यमन्त्री ममता ब्यानर्जीले विनय तामाङद्वारा उठाएका मागहरूलाई केन्द्रविन्दुमा राखेर गोर्खाहरूको परिचयको संकटलाई स्थायी समाधान गर्ने घोषणा गरेकी हुन्। यसका साथै उनले तेस्रो मोर्चाले सरकार गठन गरेको अवसरमा गोर्खा समुदायका 11 जात गोष्ठिलाई जनजातिको मान्यता दिने समेत घोषणा गरेकी छन्।
मुख्यमन्त्री ब्यानर्जीले कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा भारतीय जनता पार्टीप्रति निक्कै आक्रमण गरिन्। उनले दार्जीलिङ पहाडको निम्ति भारतीय जनता पार्टीले केहि कार्य नगरेक आरोप पनि लगाएकी छन्। यसक्रममा उनले लोकसभा चुनाव अघि नै जीटीए चुनाव हुनसक्ने संकेत पनि दिइन्।
दार्जीलिङको चौरास्तामा विविध सांस्कृतिक नृत्य, पुरस्कार वितरण अनि अनेकौँ परियोजनाको उद्घाटन र शिलान्यास माझ भएको नेताजी जयन्ती समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले नेताजी जयन्तीको अवसरमा राष्ट्रिय विदा घोषणा गर्नुपर्ने पनि माग गरिन्। ‘नेताजी जयन्तीको अवसरमा राज्य सरकारले विदा घोषणा गरेको छ, तर यस्ता महान नेताको जन्म जयन्तीमा पनि केन्द्रको सरकारले विदा दिएको छैन’ ममता ब्यानर्हीले भनिन्।
 उनले सोही क्रार्यक्रमबाट मतिगढामा राज्यको उत्तर बंगाल विकास विभागद्वारा निर्मित पहाडी भवन जीटीएलाई हस्तान्तरण गरिएको पनि उनले घोषणा गरिन् भने 121 जनालाई प्राथमिक शिक्षकको नियुक्ति र 5 जना उत्कृष्ट खेलाडीहरूलाई सिभिक भोलेन्टियर पुलिसमा नियुक्ति दिइएको पनि घोषणा गरिन्। यस अवसरमा जीटीए अध्यक्ष विनय तामाङ, उपाध्यक्ष अनित थापा, राज्यसभा सांसद शान्ता छेत्री, विधायक सरिता राई, अमरसिंह राई, डा. रोहित शर्माका साथै अन्य व्यक्ति विशेषहरू उपस्थित रहेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad