प्रधानमन्त्री नरेन्द्र मोदी आइपुगे सिक्किम; भोलि पाक्योङ हवाई अड्डाको गर्नेछन् उद्घाटन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, September 23, 2018

प्रधानमन्त्री नरेन्द्र मोदी आइपुगे सिक्किम; भोलि पाक्योङ हवाई अड्डाको गर्नेछन् उद्घाटन

गफसफ.com, गान्तोक २३ सितम्बर।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सिक्किम आइपुगेका छन्। उनी आज सिक्किम आइपुगेका हुन् भने भोलि सिक्किमको पहिलो हवाई अड्डा उद्घाटन गर्ने भएका छन्। सिक्किम राज्यको पाक्योङमा निर्मित हवाई अड्डाको भोलि प्रधानमन्त्री मोदीले उद्घाटन गरेर देशलाई समर्पित गर्नेछन् भने सिक्किम राज्य राष्ट्रसँग वायुमार्गले जोडिने भएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीलाई सिक्किममा स्वागत गर्दै मुख्यमन्त्री पवन चामलिङ, राज्यपाल गङ्गा प्रसाद, केन्द्रिय मन्त्री  डा. जितेन्द्र सिंह

सिक्किम आइपुगेका प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न मानिसहरू राष्ट्रिय राजमार्ग 10 मा धेरै मात्रमा भेला भएका थिए। यस अवसरमा मानिसहरूले प्रधानमन्त्री मोदी सेनाको हेलिकप्टरबाट ओलिएर सडक मार्ग भएर आउँदा मानिसहरूले ‘भारत माता जय’ को नाराबाजी पनि लगाएका थिए।
सिक्किम आइपुगेका प्रधानमन्त्री नरेन्द्र मोदीलाई राज्यपाल गङ्गा प्रसाद, मुख्यमन्त्री पावन चामलिङ, केन्द्रिय पूर्वोत्तर क्षेत्र विकास मन्त्री डा. जितेन्द्र सिंह, केन्द्रिय मन्त्री सुरेश प्रभु लगायत अन्य केन्द्रिय मन्त्रीगणसँगै शिर्षस्थ अधिकारीवर्गले स्वागत गरेका थिए। सेनाको हेलिकप्टर मार्फत् सिक्किम आइपुगेका प्रधानमन्त्री सेनाको लेबिङ हेलिप्याडमा ओर्लिएका थिए भने त्यहाँबाट उनी सडक मार्ग भएर गान्तोक प्रस्थान गरेका थिए।
प्रधानमन्त्रीद्वारा सिक्किमको पहिलो हवाई अड्डाको उद्घाटन गरिनेछ - डा. जितेन्द्र सिंह
सिक्किमको भ्रमणमा रहेका प्रधानमन्त्री गान्तोक आइपुगेसँगै पत्रकारहरूसँग कुरा गर्दै केन्द्रिय पूर्वोत्तर क्षेत्र विकास मन्त्री डा. जितेन्द्र सिंहले यो सम्पूर्ण पूर्वोत्तर राज्यको निम्ति ऐतिहासिक क्षण रहेको र सम्पूर्ण देशले नै वास्तवमा यसको उत्सव मनाउनुपर्ने उनले बताए। भारतमा विलय भएको चालीस वर्षभन्दा धेरै समय बितिसकेको भए तापनि प्रधानमन्त्रीद्वारा यस पाहाडी राज्यको पहिलो हवाई अड्डाको उद्घाटन गर्दै विश्‍वको वायुमार्गमा सिक्किमलाई सामेल गर्न गइरहेको उनले बताए।
पाकिम स्थित यो हवाई अड्डा भारत-चीन सीमादेखि करिब ६० किलोमिटर टाढा मात्र रहेको हुँदा सुरक्षा अनि सामरिक दृष्टिले महत्त्वपूर्ण ठहरिने बताए। भारतीय वायु सेनालाई आफ्नो वायु यानहरूको उडान भर्न र अवतरण भर्न धेरै सहज हुने उनले जानकारी दिए।
पर्यटनको दृष्टिकोणले पनि बाह्रैमास सिक्किम पर्यटकहरूको लोकप्रिय गन्तव्य रहेको हुँदा यस क्षेत्रलाई धेरै टेवा दिने डा. जितेन्द्र सिंहले बताए। नयॉं हवाई अड्डा परिचालनमा आएसँगै पर्यटकहरूले हवाई यात्राको निम्ति पश्‍चिम बङ्गालको बाघडुग्रासम्म पुग्नुपर्ने बाध्यता समाप्त हुँदै यात्राको समय करिब पॉंच घण्टा घटेर जानेछ, उनले बताए।
अनुमानित लागत ६०५ करोड रुपियॉंमा निर्माण गरिएको पाकिम हवाई अड्डा राज्यको अर्को विशेषता हो, जुन राज्यले बितेको तीन चार वर्षको अवधिमा भारतको पूर्ण जैविक राज्यका साथै प्रथम खुल्लामा दिसा-पिसाबमुक्त (ओडीएफ) राज्यको श्रेय र सम्मान हासिल गरिसकेको छ।

No comments:

Post a Comment

Post Bottom Ad