शहीदको बलिदान खेरो जान दिनेछैनौँ – विनय तामाङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, July 27, 2018

शहीदको बलिदान खेरो जान दिनेछैनौँ – विनय तामाङ

गफसफ.com, दार्जीलिङ, 27 जुलाई।
गोर्खा जनमुक्ति मोर्चाले गोर्खा रङ्गमञ्चमा शहीद दिवस पालन गरेर गोर्खाल्याण्ड गठनका निम्ति शहीद हुनेहरूलाई श्रद्धाञ्जली दिएको छ। यस अवसरमा गोजमुमो अध्यक्ष एवम् जीटीए बोर्डका अध्यक्ष विनय तामाङ मुख्य रूपले उपस्थित बनेका थिए। उनले शहीद वेदीमा पुष्पाञ्जली अर्पण गर्दै शहीदहरूलाई श्रद्धाञ्जली दिए।

एकवर्ष भन्दा लामो समयपछि खोलिएको गोर्खा रङ्गमञ्च भवन परिसरमा पालन गरिएको शहीद दिवस समारोहलाई सम्बोधन गर्दै विनय तामाङले शहीद परिवारहरूले अझै न्याय नपाएको बताए। यसक्रममा उनले सम्पूर्ण शहीद परिवारका एकजना सदस्यवर्गलाई रोजगार दिने बताएका छन्।
हामीले हाम्रा धेरै सन्तानलाई शहिद बनायौं, तर शहिद परिवारहरूले उचित न्याय पाएका छैनन्। यसैले अब जातीय अस्मिता तथा जातीय चिन्हारीको लागि कसैले आफ्नो ज्यान दिन नपरोस्’ विनय तामाङले भने। यसक्रममा उनले गोर्खाहरूले केको निम्ति ज्यान दिए भन्ने कुरा अवगत गराए पनि केन्द्रले ध्यान नदिएको आरोप लगाएका छन्।
उनले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति अहिलेसम्म जनताले मात्र आफ्ना बलिदान दिनुपरिरहेको भन्दै नेताहरूका परिवारका सदस्यहरू भने मर्न नपरेको बताए। ‘आज किन जनताले मात्र आफ्नो प्राण दिन परिरहेको छ?’ विनय तामाङले प्रश्न तेर्साए। आन्दोलनको नाउँमा जनतालाई मार्ने कार्य अब बन्द हुनपर्ने भन्दै उनले शहीदहरूको बलिदानलाई त्यसै खेरो जान नदिने पनि बताए।
‘हाम्रा त्यी महान सपुतहरुको वलिदान त्यसै विस्मृतिको धुलोमा विलिन हुनेछैन। शहीद अनि वहाँको  परिवारहरूलाई म अवश्य सम्माननीत न्याय दिलाउनेछु’ विनय तामाङले भने। यसक्रममा उनले शहिद अनि शहिद परिवार बजारमा पाइने बजारू थोक वा बस्तु होइनन् भन्दै ‘हाम्रा शहीद अनि शहीदका परिवारहरूलाई कुनै राजनीतिक दलहरूले एवं महत्वाकांक्षी व्यक्तिहरूले राजनैतिक विज्ञापन अनि राजनैतिक रोटी सेक्ने माध्यम नबनाऊ’ तामङले अझ भने -वहाँहरूलाई सदैव सम्मानको द्रष्टिकोणले हेरौं’

No comments:

Post a Comment

Post Bottom Ad