सेभोक रम्फु रेल्वे परियोजना : भालुखोला नजिक टनलमा दुर्घट्ना हुँदा दुईजना श्रमिकको मृत्यु - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, June 17, 2021

सेभोक रम्फु रेल्वे परियोजना : भालुखोला नजिक टनलमा दुर्घट्ना हुँदा दुईजना श्रमिकको मृत्यु

गफसफ.com, 18 मई 2021, कालेबुङ

सेभोक-रङ्फू रेल परियोजना अन्तर्गत रम्फु नजिल भालुखोलामा चलिरहेको टनल खनको कार्यमा दुर्घट्ना हुँदा दुईजनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। जसमध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको कारण उनीहरूलाई सिलगडी रेफर गरिएको छ। अन्य तीनजना घाइतेहरू भने कालेबुङ जिल्ला अस्पतालमा भर्ना गरिएको छ जहाँ उनीहरूको अवस्था समान्य रहेको थाह लागेको छ।

File Photo


प्राप्त जानकारी अनुसार उक्त घट्ना बङ्गाल सिक्किम राज्यको सिमाना क्षेत्र भालुखोला नजिक टनल सङ्ख्या 10 मा मध्य राती लकभग 11:30 बजे काम चलिरहेको अवस्थामा टनल भित्र ढुङ्गा झर्दा उक्त दुर्घट्ना भएको हो। उक्त दुर्घट्नामा परेर झारखण्डका निवासीगरू क्रमैले साल्को मुर्मु अनि नरेश सोरेनको मृत्यु भएको छ।


दुर्घट्नामा परेर घाइते हुनेहरूमा सुफल हेमब्रम, ठाकुर दास,  सुकेश्वर सिंह, अशोक सिंह अनि कुन्दन सिंह रहेका छन्। जसमध्ये मध्य रातमा सुफल हेमब्रम अनि ठाकुर दासको अवस्था चिन्ताजनक रहेको कारण कालेबुङ जिल्ला अस्पतालबाट सिलगडी रेफर गरिएको कालेबुङ जिल्ला पुलिस अधिक्षक हरिकृष्ण पाईले जानकारी दिएका छन्। 

No comments:

Post a Comment

Post Bottom Ad