कोरोना भाइरस: एकैदिनमा सर्वाधिक दार्जीलिङ जिल्लामा 41 अनि कालेबुङमा 12 जना कोरोना सङ्क्रमित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, June 11, 2020

कोरोना भाइरस: एकैदिनमा सर्वाधिक दार्जीलिङ जिल्लामा 41 अनि कालेबुङमा 12 जना कोरोना सङ्क्रमित

गफसफ.com, 11 जुन 2020, कालेबुङ ।

कालेबुङ जिल्लामा एकैदिनमा 12 जना कोरोना सङ्क्रमित भेट्टाइएको छ भने दार्जीलिङ जिल्लामा एकैदिनमा अहिलेसम्मकै सर्वाधिक 41 जना कोरोना सङ्क्रमित भेट्टाइएको छ। यससँगै दार्जीलिङ अनि कालेबुङ जिल्लामा मात्र कोरोना सङ्क्रमितहरूको मोठ संख्या 204 पुगेको छ। पछिल्लो 24 घण्टामा दार्जीलिङ जिल्लाम 6 जना स्वस्थ्य भएका छन् भने कालेबुङ जिल्लाबाट 2 जना स्वस्थ्य भएका छन्।

कालेबुङ जिल्लामा बन्यो 16 कन्टेन्मेन जोन

कालेबुङ जिल्लामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या दिनोदिन बडेसँगै बफर जोन र कन्टेन्मेन जोनको सङ्ख्या पनि बडेको छ। कालेबुङ जिल्लापाल कार्यलयद्वारा जारी रिपोर्ट अनुसार कालेबुङ जिल्लामा 16 बफर जोन अनि 16 कन्टेन्मेन जोन भएको छ।

कालेबुङ खण्ड एक अन्तर्गत मोठ 9 वटा कन्टेनमेन्ट जोन अनि 9 वटा बफर जोन घोषणा गरिएको छ। कालेबुङ खण्ड एक अन्तर्गत रहेका समथार, याङमाकुम, निम्बोङ, टिस्टा, अप्पर इच्छे, भालुखोप ग्राम पञ्चायत क्षेत्रको सङ्क्रमित मानिसहरूको घर नजिक क्षेत्रलाई चिन्हित गरेर कन्टेन्मेन्ट जोन घोषणा गरिएको छ। यसैक्रममा अलगडा खण्ड क्षेत्रबाट कास्योम अनि पैयुङ ग्राम पञ्चायत क्षेत्रका सङ्क्रमित घर वरिवरिका ठाउँलाई कन्टेन्मेन्ट जोन घोषणा गरिएको छ। यसरीनै गोरुबथान खण्डका कुमाई ग्राम पञ्चायतको सङ्क्रमित क्षेत्रलाई कन्टेन्मेन्ट जोन घोषणा गरिएको छ। यता कालेबुङ नगरपालिका क्षेत्रबाट भने वार्ड नम्बर-6, वार्ड नम्बर-21, वार्ड नम्बर-13, अनि वार्ड नम्बर-11 को सङ्क्रमित क्षेत्रहरूलाई कन्टेन्मेन्ट घोषणा गरिएको छ।

1 comment:

  1. अलगडा खण्ड क्षेत्र को कास्योम ग्राम पंचायत होइन, कास्योन ग्राम पंचायत हो। कास्योम त यसै पंचायत भित्र पर्ने संसद मात्र हो।

    ReplyDelete

Post Bottom Ad