१८ मईदेखि लकडाउन – ४ : प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना सङ्कटबाट निस्कन ‘आत्मा निर्भरता’- को सन्देशसँगै 20 लाख करोड आर्थिक प्याकेजको गरे घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, May 12, 2020

१८ मईदेखि लकडाउन – ४ : प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना सङ्कटबाट निस्कन ‘आत्मा निर्भरता’- को सन्देशसँगै 20 लाख करोड आर्थिक प्याकेजको गरे घोषणा

गफसफ.com,१२ मई २०२०, नयाँ दिल्ली ।  

प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको महामारी विषयमा देशवासीलाई सम्बोधन गरेका छन्। उनले एउटा भारसले दुनियालाई तहस नहस पारेको बताए। उनले कोरोना भाइरसको सङ्क्रमणबाट प्राण गुमाउने परिवारप्रति समवेदना प्रकट गर्दै कोरोना महामारीबाट ‘बाँच्न पर्छ अनि अघि बढ्न पर्छ’ भनेका छन्।

21 औँ शताब्दी भारतवासीको हो भन्दै प्रधानमन्त्री मोदीले ‘आत्मनिर्भर भारत’- निर्माणको सन्देश दिएका छन्। ‘आज हामी एउटा महत्वपूर्ण मोडमा उभिएका छौँ। यत्रो ठूलो आपदा एउटा ठूलो अवसर लिएर आएको छ’ प्रधानमन्त्रीले भने।

उनले कोरोना अघि भारतमा एउटै मात्र पीपीई किट नबनिएको अनि एन 90 मार्क्स केहि मात्रमा बनिने गरेको तर अहिले यी दुवै दुईलाख भन्दा धेर निर्माण भइरहेको भन्दै यो एउटा आत्मानिर्भर को एउटा उदाहरण रहेको बताए।

विश्वको अघि भारतको मूलभूत चिन्तन आशाको किरण रहेको बताउँदै उनले भारतको आत्मनिर्भरता ‘बसुदैव कुटुम्बकम’ हो भने। भारतको आत्म निर्भरतामा संसारको सुख, शान्तिको चिन्ता रहेको पनि प्रधानमन्त्रीले बताएका छन्। उनले भारतको प्रगतिमा विश्वको प्रगति रहेको दाबी गर्दै जब भारत खुल्ला शौचबाट मुक्त हुन्छ त्यसबाट दुनियामा नै असर पर्ने पनि उनले बताए। यसक्रममा उनले सोलार उर्जा, योगा सबै संसारलाई भारतको उपज हो भने।

अहिले दुनियाभरी भारतको प्रशंसा भइरहेको भन्दै मानव जातिको कल्याणको निम्ति भारतले धेरै राम्रो दिन सक्ने बताएका छन्। तर यसक्रममा कसरी? भन्ने प्रश्न उठ्ने भन्दै  130 करोड भारतवासीको आत्मानिर्भरता नैइ यसको जवाब हुने उनले बताए।

एकसमय भारतलाई सुनको चरा भन्ने गरेको अनि पछिबाट जञ्जिरमा परेको भन्दै अहिले भारतको विश्वमा उन्नती गरेर अघि बडीरहेको दाबी पनि प्रधानमन्त्री मोदीले देशवासीलाई सम्बोधन गर्दै भनेका छन्। ‘हामी बेस्ट प्रोडक्ट बनाउनेछौँ। आधुनिक बनाउनेछौँ। सप्लाई चेन अझ दुरस्त बनाउनेछौँ’ मोदीले भने।

उनले कच्छको भुकमको त्रासदी आफ्नो आँखाले देखेको भन्दै पछिबाट कच्छ आफ्नो विकासमा अघि बडेको उनले बताए। ‘हामीले ठान्यौँ भने कुनै कार्य असम्भव छैन। बाटो असम्भव छैन’ उनले भने।

‘आत्मानिर्भरताको पाँचवटा खम्बा छन्। पहिलो ईकिनमी, दोस्रो इन्फ्रास्टक्चर, तेस्रो हाम्रो सिस्टम, चौथो –डेमोग्राफी अनि पाँचौ खम्बा डिमान्ड हो’ प्रधानमन्त्री मोदीले बिस्तारपूर्वक भने। उनले देशमा डिमाण्ड बडाउन प्रत्येक व्यवस्था दह्रिलो हुनपर्ने अनि सबैलाई एकसुत्रमा बाँधेर अघि बड्ने उनले बताए।

यसक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष आर्थिक प्याकेजको घोषणा गरेका छन्। जुन आर्थिक प्याकेज आत्मानिर्भरताको कडी हुने पनि उनले बताए। उनले अघिबाटै घोषित आर्थिक प्याकेज र आज घोषणा हुने आर्थिक प्याकेज जोड्दा 20 लाख कडोड हुने अनि यो देशको जीडीपीको 10 प्रतिशत हुने बताए।

उनले घोषणा गरेको 20 लाख कडोड आर्थिक प्याकेजले आत्मानिर्भरता भारतलाई नयाँ गति दिने पनि उनले बताए। यो आर्थिक प्याकेजले सबैलाई समेट्ने कार्य गरेको पनि उनले बताए। उनले उक्त आर्थिक प्याकेज देशका श्रमिक, किसान, मध्यमवर्गीय सबै वर्गका मानिसहरूका निम्ति हो भने। यसक्रममा उनले यो आर्थिक प्याकेजबारे देशका बित्तमन्त्रीले आगामी दिनमा विस्तृतमा जानकारी दिने पनि बताएका छन्।

उनले आर्थिक प्याकेजमा सबैलाई जोडेको दाबी गर्दै यो सङ्कटले ठूलो भन्दा ठूलो व्यस्था समेत डगमगाएको भन्दै देशवासीको संयमशक्तिको समेत देख्न पाएको बताए। उनले देशवासीले झेलेको संकटलाई नजिकबाट देखेको भन्दै ती सबै देशवासीलाई पुन: खडा गर्ने सरकारको जिम्मेवारी रहेको उनले बताए।

उनले संकटको समयमा क्षेत्रियता नै महत्वपूर्ण रहेको भन्दै क्षेत्रियताबाट आएको सप्लाईले नै देशलाई बचाउने कार्य गरेको भन्दै क्षेत्रियतालाई सबैले महत्व दिनुपर्ने आह्वान गरे। ‘लोक प्रोडक्ट नै पछिबाट ग्लोबल बनिएको हो। यसकारण लोकललाई अब भोकल बनाउनुपर्छ’ प्रधानमन्त्री मोदीले भने। उनले यसक्रममा लोकल प्रोडक्टलाई बडोत्तरी दिनुपर्ने खुलेर देशवासी प्रति आह्वान गरे।

‘कोरोना लामो समयसम्म जीवनको हिस्सा बन्नेछ। तर हामी माक्स लगाउनेछौँ, दुई गजको दुरी पालन गर्नेछौँ अनि लक्ष्य हासिल गर्नेछौँ। यो क्रममा लकडाउन 4 नयाँ रंगरूपको हुनेछ। लकडाउन 4 को सम्पूर्ण नियमबारे 18 मईभन्दा अघि दिइनेछ। अब हामी कोरोनासँग लड्नेछौँ अनि अघि पनि बड्नेछौँ’ प्रधानमन्त्री मोदीले भने।

‘हामी भारलाई आत्मा निर्भर भारत बनाउनेछौँ’ नरेन्द्र मोदीले अझ भने।

1 comment:

  1. Please look after the provision to take stranded people to their homes. We belong to Darjeeling, a district of West Bengal. We are on Bihar and we want to go back to our homes.

    ReplyDelete

Post Bottom Ad