जोहन लेप्चाका हत्या आरोपी मोहम्मद जावेद पक्राऊ; अदालतले पठायो ६ दिनको पुलिस रिमाण्डमा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, March 2, 2020

जोहन लेप्चाका हत्या आरोपी मोहम्मद जावेद पक्राऊ; अदालतले पठायो ६ दिनको पुलिस रिमाण्डमा

गफसफ.com, २ मार्च २०२०, कालेबुङ ।
कालेबुङ लोवर समालबोङ निवासी २४ वर्षिय जोहन लेप्चाको मृतदेह पुलिसले आइतबार लोवर टारी गाउँ भोटे खोलाबाट उद्धार गरेको २४ घण्टा नबित्दै हत्याका आरोपीलाई पुलिसले पक्राऊ गर्न सफल भएको छ। जोहन लेप्चा उर्फ बुद्धको हत्याका आरोपमा पुलिसले कालेबुङ ११ माइल निवासी २५ वर्षिय मोहम्मद जावेद नाम गरेको युवकलाई पुलिसले पक्राऊ गरेको छ। उनलाई आज कालेबुङ अदालतमा पेश गरेको थियो भने अदालतले ६ दिनको पुलिस रिमाण्डमा पठाएको छ।

स्मरण रहोस, कालेबुङ लोवर समालबोङ निवासी २४ वर्षिय जोहन लेप्चा उर्फ बुद्दको मृतदेह आईतबार लोवर टारी गाउँ भोटे खोल्साबाट उद्धार गरिएको थियो। आफ्नो बाजेसँग बस्दै आएका लेप्चाको हत्या गरेर उनको शवलाई हत्याराहरूले खोल्सामा फ्याँकेको थियो। स्थानीय गाउँका मानिसहरूले शवलाई देखेपछि पुलिसलाई सूचित गरेपछि पुलिसले शवलाई उद्धार गर्नका साथै जाँच कार्य आरम्भ गरेको थियो। यसैक्रममा हत्याका आरोपी मोहम्मद जावेदलाई पुलिसले पक्राऊ गर्न सफल बनेको हो।

हत्याकाण्डको पत्तो लगाउन पुलिसले सक्रियतासँग जाँच गर्दै आइतबार बेलुकी नै तीनजना सन्दिग्ध व्यक्तिहरूलाई सोधपुछको निम्ति थानामा ल्याइएको थियो भने सोही क्रममा हत्याका आरोपी मोहम्मद जावेद पक्रा परेका हुन्। पक्रा परेका जावेद विरुद्ध पुलिसले हत्याको आरोपमा भारतीय दण्ड संहिताको धारा ३०२ अनि हत्यापछि शवलाई लुकाएको  सन्दर्भमा २०१ अन्तर्गत मुद्दा दर्ता गरेर कानुनी कार्वाही सुरु गरेको छ। उनलाई पक्राऊ गरेपछि आज कालेबुङ अदालतमा पेश गरिएको थियो।
पक्रा परेका जावेदबाट हत्याको सम्पूर्ण तथ्य पत्तो लगाउन पुलिसले अदालतलाई ७ दिनको पुलिस रिमाण्डको माग गरेको थियो भने अदालतले ६ दिनको पुलिस रिमाण्डमा आरोपीलाई पठाएको छ।  यसक्रममा पुलिसले हत्याकाण्डसँग अन्य व्यक्तिहरूको संलग्नता हुनसक्ने अनि हत्याको क्रममा प्रयोग गरेका सम्पूर्ण सामाग्रीहरूको पत्तो लगाउने कार्य गर्ने भएको छ। यसका साथै हत्याको मूल कारण के हो भन्ने सत्यता समेत हत्याराबाट पत्तो लगाउन पुलिसले थुप्रै कोणहरूबाट जाँच गरिरहेको छ।

1 comment:

Post Bottom Ad