कोरोना भाइरस पहाडमा प्रवेश : पीडितको सम्पर्कमा आउने एकदर्जन मानिसहरू 14 दिनको कोरोन्टाइनमा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, March 29, 2020

कोरोना भाइरस पहाडमा प्रवेश : पीडितको सम्पर्कमा आउने एकदर्जन मानिसहरू 14 दिनको कोरोन्टाइनमा

गफसफ.com, २९ मार्च २०२०, कालेबुङ।
कोरोना भाइरसले विश्वमा आतङ्क मच्चाइरहेको अवस्थामा उक्त भाइरस आखिरमा दार्जीलिङ पहाडमा प्रवेश गरेको छ। उत्तर बङ्गाल मेडिकल कलेज एवम् अस्पतालमा कालेबुङ जिल्ला निवासी एक महिला कोरोना पोजेटिभ पुष्टि भएपछि पहाडमा यो भाइरसको प्रवेश भएको खुलासा भएको हो। शनीबार कालेबुङ जिल्ला निवासी एक महिलाको जाँच रिपोर्टमा कोरोना भाइरस पोजेटिभ निस्केपछि पहाडका मानिसहरूमा उक्त  भाइरसको आतङ्क बडेको छ।

वैश्विक महामारीको रूपमा फैलिएको यो भाइरसले कालेबुङ निवासी महिला सङ्क्रमित बनेको खुलासा हुनसाथ जिल्ला प्रशासन हर्कतमा आएको छ। जिल्ला प्रशासनले कालेबुङका उक्त सङ्क्रमित महिलाको सम्पर्कमा आउने मानिसहरूलाई 14 दिनको ‘क्वारान्टाइन’-मा राखेको छ। जिल्ला प्रशासनले यसबारे आधिकारिक पुष्टि नगरे पनि कोरोना पोजेटिभ महिलाको सम्पर्कमा आउने मोठ 12 जना मानिसहरूलाई दिशा सेन्टरमा 14 दिनको क्वारान्टाइनमा राखेको सुत्रले बताएको छ।
कालेबुङकी उक्त महिला कोरोना भाइरस सङ्क्रमित भएको खबर सामाजिक सञ्जालहरूमा एकाएक भाइरल भएपछि यता जिल्ला प्रशासनलाई आधिकारिक पुष्टिको निम्ति विविध माध्यमबाट सम्पर्क गर्दा पनि जिल्ला प्रशासनबाट कुनै जवाब पाउन सकेनौँ। जिल्ला अधिकारीलाई फोन गर्दा पनि कुनै जवाब पाउन सकेनौँ भने वाटस्एप मार्फत पनि उनीबाट समाचार लेखुञ्जेल सम्म कुनै जवाब पाउन सकेनौँ।
यसका साथै उक्त खबर पछि पहाडका मानिसहरू कोरोना भाइरसको सङ्क्रमणको खत्राले आतङ्कित बन्दा पनि जिल्ला प्रशासनले जिल्लाका बासिन्दाहरूलाई कुनै माध्यमबाट नडराउने अपिल समेत गरेनन्। जनसाधरणमा फैलिएको आतङ्कलाई कम गरेर मानिसहरूको मनोबल वृद्धी गर्ने कुनै पनि सन्देश जिल्ला प्रशासनबाट नआउँदा जिल्ला प्रशासनको भुमिकालाई लिएर जनसाधरण खिन्न भएका छन्।
कोरोना सङ्क्रमितलाई हेर्ने डा. आफ्नै होम क्वारान्टाइनमा  
कालेबुङकी कोरोना सङ्क्रमित महिलालाई हेर्ने कालेबुङका डा. जीएम दे अहिले आफै होम क्वारान्टाइनमा बसेका छन्। यसक्रममा उनले मानिसहरूलाई आतङ्कित नबन्ने अपिल समेत गरेका छन्। प्राप्त जानकारी अनुसार शनीबार कोरोना सङ्क्रमित पुष्टि भएकी कालेबुङकी महिलाले सर्वप्रथम कालेबुङमा नै डा. जी.एम दे लाई देखाएका थिए। उनको स्वास्थ्यमा सुधार नभएपछि सिलगडीमा उनको जाँच गरिएको थियो। पछिबाट उनलाई नर्थबेङ्गल मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरियो जहाँ उनी कोरोना सङ्क्रमित भएको पुष्टि भएको छ।
उक्त महिला कोरोना सङ्क्रमित भएको पुष्टि हुनसाथ यता उनलाई कालेबुङमा हेर्ने डा. दे आफै होम क्वारान्टाइनमा बसेका छन्। उनी 14 दिनको क्वारान्टाइनमा बसेको आफैले पुष्टि गरेका छन्।

1 comment:

  1. As she knew it that corona virus is spreading in globally, she should go through the virus medical examination directly instead of spreading with the people around.I don't understand why people not taking seriously for this deadly virus ? The world will end very soon I'm sure. God bless globally.

    ReplyDelete

Post Bottom Ad