भाजपा अध्यक्ष दिलिप घोषले ‘गोर्खा’-हरूलाई मागेनन् माफी; भने ‘किन मैले माफी माग्नु?’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, January 16, 2020

भाजपा अध्यक्ष दिलिप घोषले ‘गोर्खा’-हरूलाई मागेनन् माफी; भने ‘किन मैले माफी माग्नु?’

गफसफ.com, १७ जनवरी २०२०, कालेबुङ ।
पश्चिम बङ्गाल राज्यका भाजपा अध्यक्ष दिलिप घोषले गोर्खाल्याण्ड आन्दोलनको समयमा सहिद बनेकाहरूको निम्ति दिएको विवादित वयानको निम्ति उनले माफी माग्न पूर्णरूपले अस्वीकार गरेका छन्। उनले आफ्नो बयानलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै उक्त वयानले गोर्खाहरूलाई आहत नहुने भन्दै यसमा माफी माग्नुपर्ने आवश्यक्ता नै नरहेको बताएका छन्।

उनले ‘वीर गोर्खा टिभी’-का सम्पादक दिपक राईसँग टेलिफोनिक कुराकानी गर्दै आफुले कुनै विवादित बयान नदिएको बरू आफु नै गोर्खाहरूको पक्षमा उभिने व्यक्ति रहेको दाबी समेत गरेका छन्। यसक्रममा उनले गोजमुमो अध्यक्ष विनय तामङलाई उल्टै ‘गद्दारी’-को आरोप समेत लगाएका छन्।
‘मैले कुन विवादित वयान दिएको छुइन। म नै हो गोर्खाहरूको पक्षमा खडा हुने अनि सबैभन्दा पहाडमा जाने व्यक्ति पनि। मेरै पछि विनय तामङले गुण्डा लगाए। आज जसले गोर्खालाई गद्दारी गरेर दुश्मनको साथमा मिलेका छन् उनले आज दिलिप घोषलाई गोर्खाको बारेमा केहि थाह छैन भन्छन्’ दिलिप घोषले भनेका छन्।
उनले गोर्खाहरूलाई गोली चलाउँदा कुनै नेतासँग पहाड चढ्ने हिम्मत नरहेको अनि त्यसबेला आफु गएको भन्दै दिलिप घोषले ती आमाहरूको आँसु पुच्छनका निम्ति ममता ब्यानर्जी र उनका मन्त्रीहरू समेत नपुगेको उनले बताए। ‘म भन्छु पुलिसले गोली चलाएर गलत काम गर्‍यो, उनीहरूलाई सम्मान गर्नपर्थ्यो’ घोषले भने। यसक्रममा उनले 2017 मा पुलिसको गोली लागेर प्राण त्याग्नेहरूलाई सहिदको मान्यता दिनुपर्ने कुरा पनि आफु स्वीकार गर्ने बताएका छन्।
कुराकानीकै क्रममा सम्पादक दिपक राईले ‘तपाईँ  पुरानै वयानमा अडिक हुनुहुन्छ अनि त्यस वयानले यदि गोर्खासमाजलाई साँच्चै आहत भएका छन् गोर्खाहरूसमक्ष उक्त बयानको निम्ति माफी माग्नुहुन्छ?’ भनि सोधेको प्रश्नको जवाबमा दिलिप घोषले स्पष्ट शब्दमा ‘किन माफी माग्नु?’ भने। यसक्रममा उनले सम्पादक दिपक राईलाई नै उल्टा ‘तपाईँले भनेर दिलिप घोषले माफी माग्नु?’ भनि प्रश्न तेर्साए।
‘गोर्खाली समाजले मलाई राम्ररी चिन्छन् यसकारण नै भोट दिएर हामीलाई जिताएका हुन्। नत्र विनय तामङलाई जिताउने थिए’ उनले अझ भने –‘मैले किन क्षमा माग्नु? मैले कुनै पाप गरेको छु?’
भाजपा अध्यक्ष दिलिप घोषले आफ्नो बयानले गोर्खाहरूलाई कुनै आहत नभएको दाबी गर्दै उनले ‘गोर्खा’हरूप्रति आफ्नो बयानमा माफी माग्न पूर्णरूपले अस्वीकार गरेका छन्। यसक्रममा उनले गोर्खाहरूप्रति तृणमूलले गोली चलाएको आरोप लगाउँदै गोर्खाहरूले भाजपालाई विश्वास गरेको अनि भविष्यमा गर्ने दाबे गरेका छन्।

1 comment:

Post Bottom Ad