अमूल मास्टरसेफ इण्डियाको सिजन सिक्समा सोनादाको महेन्द्र थुलुङ मुम्बईमा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, December 10, 2019

अमूल मास्टरसेफ इण्डियाको सिजन सिक्समा सोनादाको महेन्द्र थुलुङ मुम्बईमा

गफसफ.com,सोनादा १० दिसम्बर। भारतको विभिन्न राष्ट्रिय च्यानलहरुमा दार्जिलिङ पहाडका प्रतिभाहरुले आफ्नो प्रतिभाको परिचय दिदै अन्य राज्यका प्रतियोगीहरुलाई पराजित गरेको नौलो होइन। चाहे गीत संगीतको मंच होस वा खेलकुदको मैदान, पहाडका युवा युवतीहरुले दक्षताको परिचय दिन पछि परेका छैनन्। यसै सन्दर्भमा अहिलेघरी फेरि राष्ट्रिय च्यानल स्टारप्लसमा गोर्खे समुदायबाट प्रथमपल्ट पहाडको गोर्खे छोरो सोनादावासी महेन्द्र थुलुङ अमूल मास्टरसेफ इण्डियामा टप टेनमा चुनिएका छन्।

सोनादाका शंकर थुलुङ अनि गौरी थुलुङको छोरो महेन्द्र थुलुङ जसलाई रुडी थुलुङ भनेर पनि बोलाइन्छ। उनी आफ्नो योग्यता, कठोर परिश्रमको फलस्वरूप अमूल मास्टरसेफ इण्डियामा चुनिएका छन। बिगत सप्ताहदेखी शनिबार अनि आईतवार बेलुकि ९.३० बजे स्टार प्लस को च्यानलमा उनलाई देख्न सकिन्छ। स्टारप्लसको लोकप्रिय कार्यक्रम मास्टर सेफ ईन्डिया सिजन सिक्समा सानो गाउँ सोनादा, दार्जिलिङका महेन्द्र थुलुङ्को स्पेसल मोमोले  निर्णायकहरु क्रमैले बिनित भाटिया, रणबिर बरार अनि बिकास खन्नालाई मोहित पारी पहिलो एपिसोडमा नै मास्टर सेफका एप्रोन हात पारी टप टेनमा सामिल भइ सारा देश भरी नै चकित तुल्याएको छ।

विशेषगरी उनको डिसमा निर्णायकहरुले दिइएको समय अवधिभरि अल्लगै किसिमको थाइपाउ बनाउने जमर्को लिइएको थियो, तर पाउ नफुल्लिदा र समयसीमा सात मिनटको अवधिमै अर्को डिस बद्ली गर्ने निधो लिइ स्पेसल मोमो अनि अचार बनाए महेन्द्रले, यति कम समयको अन्तरालमा एउटा डिस बनाउन ठूलो कुरा हो भनी निर्णायकहरुले महेन्द्रलाई मास्टर सेफको एप्रोन दिई स्याबासी दिएको मुम्बईबाट उनको पिता शंकर थुलुङ्ले बताएका छन।

सानै उमेरदेखि नै आफ्नी आमा गौरी थुलुङ (प्रचलित नाम गौरी मिस) को खाना बनाउने तरिका देखि प्रेरित भएर आज महेन्द्रलाई  मुम्बई पुराए। अब कहिले पनि पछि नपर्ने  मास्टर सेफको खिताब हासिल गरेर नै छाड्ने  अठोट बिचार लिएको उनको माता गौरी थुलुङले पत्रकारहरुलाई बताए। उनले अझ बताउदै अब मेरो छोरा महेन्द्रलाई  सम्पुर्ण गोर्खेको गुहार चाहिएको छ। उनले मुम्बईमा सम्पूर्ण पहाडलाई प्रतिनिधित्व गरेको साथै गोर्खा जातिको शिर उच्च राखेको छ। भोटिङ सम्बन्धी जानकारी गराउदै प्रत्येक शनिबार अनि आइतबार स्टार प्लस च्यानलमा बेलुकी ९.३० बजे उक्त कार्यक्रम प्रसारण गरिन्छ, र सम्पूर्ण पहाडबासीले आफ्नो मोबाइल फोनमा स्टार प्लसको लिन्कमा लाइक गरेर महेन्द्र थुलुङ को उक्त कार्यक्रमलाई लाइक सेयर गरेर महेन्द्र थुलुङ अथवा रुडी थुलुङ भनेर स्याबासी दिदै कमेन्ट गरिदिने सबै गोर्खा दाज्यु भाइ तथा दिदीबहिनीहरुलाई अनुरोध गरेकी छन्। उक्त कार्यक्रममा जति धेरै भिउ अनि सेयर गरियो त्यति महेन्द्र थुलुङले कार्यक्रममा भोट पाउनेछ।

1 comment:

Post Bottom Ad