पहाडमा भयको वातावरण सिर्जना हुनुको मुख्य कारण 2007 को आन्दोलन हो – निरज जिम्बा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, December 13, 2019

पहाडमा भयको वातावरण सिर्जना हुनुको मुख्य कारण 2007 को आन्दोलन हो – निरज जिम्बा

(भाजपाको टिकटबाट बिधायक चुनिएका निरज जिम्बाले छैटौँ अनुसूची पहाडमा लागु भएको भए एनआरसी र क्याबबाट कुनै प्रभाव पर्ने थिएन भन्ने दाबी गरेका छन्। उनले आफ्नो फेसबुक पोस्ट मार्फत भूमिगत नेता विमल गुरुङको नेतृत्वमा चलेको 2007 सालको आन्दोलनलाई प्रमुख कारण बताउँदै त्यसै आन्दोलनको परिणाम नै अहिलेको वर्तमान पहाडको राजनैतिक सङ्क्रम पनि भनेका छन्। जिम्बाले आफ्नो पोस्टमा कुनै नेताहरूको नाउँ उल्लेख नगरे पनि तत्कालिन 2007 को आन्दोलनकै कारण छैटौँ अनुसूची पहाडमा लागु हुन नसकेको अनि त्यसबेला आन्दोलन गर्नेहरूले बङ्गालसँग गोप्य वैठक गरेर लाहको घर निर्माण गरेको गम्भीर आरोप समेल लगाएका छन्। पहाडका गोर्खाहरूलाई त परै जाओस ईस्कुस र फर्सीलाई समेत एनआरसी र क्याबसँग डराउनु पर्दैन भन्ने विधायक जिम्बाले आफ्नो पोस्टमा #CAB  #NRC सँग उत्पन्न भयको स्थितिलाई भने स्वीकारेका छन्। उनै विधायक जिम्बाको पोस्टलाई यहाँ जस्ताको त्यस्तै राखेका छौँ – सम्पादक ।)  

"Blunder is Blunder and it was a Himalayan Blunder"
पहाड़मा NRC-ले उत्पन्न गरेको भय पछिको मुख्य कारण 2007-को आन्दोलन हो। #CAB  #NRC प्रावधानहरू छैटौं अनुसूचित इलाकाहरूमा लागु हुने छैन भनेर गृहमन्त्रीले दुवै लोक सभा र राज्य सभामा स्पष्ट पारी सकेका छन्। गोर्खाल्यान्डको माटो भन्दा बङ्गालकै बाटो उचित ठान्ने गुइँठेहरूले छैटौं अनुसूचीको विरोध गरेर संसदमा रोक्नु लाएको प्रतिफलको अवस्था हो आजको अवस्था।
2011 मा GTA सम्झौतामा हस्ताक्षर गरेपछी खुशीको मुद्रामा फाइल फोटो

बङ्गाली मालिकहरू संग गोप्य बैठक गरेर सल्की हाल्ने लाहाको घर बनाउने दूर्योधन र डाक्टरेट विदुरहरूकै कालो करतुतको उपज हो वर्तमान राजनैतिक संक्रमण। अझै पनि बङ्गालकै ईशारामा धारा 243M (3) हटाएर गोर्खाका जमिनका खतियान संविधानबाट हटाउन आतुरिएर बङ्गालकै शासनलाई स्वीकार गर्दै त्रिस्तरीय पञ्चयात चुनाऊ गराऊ भन्दैछन्। उता सोझा र लाटा लद्दाखीहरूलाई हेरौं, केन्द्र शासित राज्य प्राप्त गरेर पनि उनीहरूका जनसांख्यिकीय (Demography) परिवर्तन हुने भयले आफूले टेकेका धर्तीका सुरक्षाका निम्ति एक स्वरले (Unanimously) छैटौं अनुसूचीको दर्जाको निम्ति धुमधामले आन्दोलित छन्। हाम्रोहरू चै बाघले आँप खान्छ जस्तो उल्टा कुरा गरेर राजनैतिक अपरिपक्वताको परिचय दिएर बङ्गालको दासत्व अपनाएर केवल आफ्नो पेट भर्ने राजनीति गरी रहेछन्।
लद्दाखका सोनाम वाङचुक उर्फ फुन्सुक वाङडु जो भारतका एक प्रसिद्ध वैज्ञानिक साथै पर्यावरण विद् हुनुहुन्छ अनि जसका जीवनीमाथि एउटा प्रेरणादायी हिन्दी चलचित्र "Three Idiots"बनिएको छ, यस्ता महान विभूतिले पनि आफ्ना जाति र माटोको सुरक्षाका निम्ति छैटौं अनुसूचि झट्टै लागु गर भन्दैछन्। तर कस्तो विडम्बना? हाम्राहरू चै आप्पाले पकाएर सुनको थालमा पस्केका छैटौं अनुसूचीलाई पनि लात मारेर इलिस माछाको काँडामा परेर जातिलाई भेन्टीलेटरमा पुराएका छन्।
आप्पा दार्शनिक थिए अनि थिए अब्बल दर्जाका दुरदर्शी। गोर्खाहरूलाई आइपर्ने कालो दिनको उनलाई पहिलेबाटै आभास थियो। यसैले कहिले झाँक्री नचाउँथे त कहिले भिमसेन ढुंगाको कुरा गर्थे। कहिले अठाह्रवटा हात भएकी दुर्गामाताका कुरा गर्थे त कहिले Living Buddha मान्नु भन्थे। Living Buddha का केवल शाब्दिक अर्थ लगाएर उनलाई पागल सम्म भने तर उनका तात्पर्य अर्कै थियो।
बुद्धदेव भट्टाचार्य बङ्गालका तत्कालिन मुख्यमन्त्री थिए अनि उनकै तत्परतामा बङ्गाल विधान सभाबाट छैटौं अनुसूचीको प्रस्तावना पारित गर्नु पर्ने थियो।यसै बखत उनले जिउँदो बुद्धका दर्शन प्रतिपादित गरेका थिए। उनी सफल पनि बने। तिनताक बङ्गालको सम्पूर्ण राजनैतिक दलहरूले उक्त प्रस्तावलाई सर्वसहमतिले पारित गरेका थिए। यदि छैटौं अनुसूची सम्बन्धित बिल संसदमा प्रस्तुत गरे बङ्गालका कुनै पनि राजनैतिक दलहरूले विरोध गर्ने ठाउँ थिएन।
यसै बेला बङ्गालका खप्पिस राजनैतिज्ञ प्रणव मुखर्जीज्यू अनि भारतीय वायु सेनाका एक बङ्गाली अधिकारीले बङ्गाल टुक्रिने छाँट-काँट देखेर बङ्गाल सरकारलाई अवगत गराउँदा बङ्गालले पहाड़मा कालो भेंडाहरू खोज्न थाले। यी काला भेंडाहरूका समावेश भएपश्चात आफ्नै जंगलको हरियो घाँसहरूलाई खाएर पहाड़लाई उजाड मरूभूमीमा परिणत गरे। यी भेंडाहरूका बथानबाट छुट्टिएर एक हूल निख्खुर काला भेंडाहरू माछाको पोखरीमा हाम फालेर माछाको कत्ला गन्हाउने भइसकेका छन्।
पहाड़ अनि तराईका सम्पूर्ण गोर्खाहरूका निम्ति आप्पाले सुरक्षा कवजको रूपमा खतियान 244 (2)ल्याइदिनु भएकै हो। यै खतियान लागु भएको भए न त #CAB न त #NRC नै पहाड़ चढन सक्ने थियो। 23 अगस्त 1988 सालमा जारी भएको गोर्खे नागरिकता माथिको Gazette Notification र धारा 243 M (3) #NRC #CAB लाई जवाब दिने धारिला हतियारहरू हुन्।काला भेंडाहरूदेखि जनता होशियार ।

2 comments:

  1. एक दम सहि कुरा हो
    निरज सर जिनदा ॔ बाद
    जय गोरखा॔

    ReplyDelete
  2. Anta ysto bhaya awasthako bijaropan garne ta gnlf nai ho ta.chha inchi ghataunehru chahin ko hola.'Fatsung'pade sabai khulasta hunchha mlajyu.

    ReplyDelete

Post Bottom Ad