एनजीसीले गोर्खाल्याण्ड गठनको सन्दर्भमा भिजन डक्युमेन्ट-3 सार्वजनिक गर्ने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, November 5, 2019

एनजीसीले गोर्खाल्याण्ड गठनको सन्दर्भमा भिजन डक्युमेन्ट-3 सार्वजनिक गर्ने

गफसफ.com, कालेबुङ 5 नोभेम्बर।
नेशनल गोर्खाल्याण्ड कमिटि (एनजीसी)ले तेस्रो भिजन डक्युमेन्ट आगामी 10 नोभेम्बरका दिन सार्वजनिक गर्ने भएको छ। सिलगडीको होटल सेन्ट्रल प्लाजामा आयोजित कार्यक्रममा एनजीसीले भिजन डक्युमेन्ट-3 सार्वजनिक गर्ने भएको हो। दार्जीलिङ लोकसभा समष्टिका भाजपा सांसद राजु विष्टको बाहुलीबाट उक्त भिजन डक्युमेन्ट सार्वजनिक गरिने भएको छ।

यस अवसरमा भाजपा विधायक निरज जिम्बा, बिधायक सरिता राई लगायत विभिन्न राजनैतिक दलका नेताहरू उक्त कार्यक्रममा सहभागी हुने भएका छन्। एनजीसीका प्रवक्ता आकाश लामले दिएको जानकारी अनुसार उक्त कार्यक्रममा पूर्व राज्यसभा सांसद समन पाठक, पूर्व सांसद आर.बी राई, गोरामुमो अध्यक्ष मन घिसिङ, जाप अध्यक्ष डा. हर्कबहादुर छेत्री, दावा पाख्रीन, प्रताप खाती, श्रीमती भारती तामङ, मनोज देवान, विष्णु छेत्री, सुरेन्द्र पारिक, बिजय राई आदि उपस्थित रहने जानकारी दिएका छन।
भारतभरीका वुद्धिजीविवर्गलाए लिएर 14 सितम्बर 2017का दिन गठन गरिएको एनजीसीले भारतीय गोर्खाहरूका निम्ति संविधान अनुसार छुट्टै राज्य गठनको माग राखेका छन्। यसैक्रममा एनजीसीले यसभन्दा अघि दुईवटा भिजन डक्युमेन्ट सार्वजनिक गरिसकेको छ भने आगामी 10 नोभेम्बरका दिन तेस्रो भिजन डक्युमेन्ट सार्वजनिक गर्ने तय गरेको छ। एनजीसीले तयार पारेको भिजन डक्युमेन्ट -3 मा भारत सरकारले भर्खरै जम्मु काश्मिर राज्यलाई टुक्राएर दुईवटा युनियन टेरिटोरि निर्माण गरेको सन्दर्भमा ‘गोर्खाल्याण्ड युनियन टेरिटोरि’-को प्रस्तावलाई समेत अघि सारेको छ। ‘भारतमा गोर्खाहरूले छुट्टै राज्य गठनको मागलाई सबैभन्दा अघिदेखि माग्दै आइरहेका छन्। यस्तो अवस्थामा लद्दाखलाई युनियन टेरिटोरीको मर्यादा दिन सक्छ भने गोर्खाल्याण्डलाई पनि युनियन टेरिटोरिको मान्यता दिन उचित ठहर्दछ’ एनजीसीले भनेको छ।
गत 31 अक्टोबरका दिन भारत सरकारले जम्मु काश्मिर अनि लद्दाखलाई युनियन टेरिटोरिको मान्यता अनि नागा शान्ति सम्झौताबारे महत्वपूर्ण निर्णय लिएको बताउँदै यदि भारत सरकारले लद्दाखी अनि नागाहरूका निम्ति महत्वपूर्ण निर्णय लिन सक्छन् भने गोर्खाहरूको निम्ति किन यस्तो निर्णय लिन सक्दैनन्? भनि एनजीसीले प्रश्न समेत उठाएको छ। यसैक्रममा भाजपाले गोर्खाहरूका निम्ति चुनावी घोषणा पत्रमा यसभन्दा अघि पनि स्थायी राजनैतिक समाधानको बाचा गरेको स्मरण गराउँदै स्थायी राजनैतिक समाधान भनेको केवल एकमात्र छुट्टै राज्य गोर्खाल्याण्ड रहेको पनि एनजीसीले बताएको छ। यसक्रममा एनजीसीले आगामी 10 नोभेम्बरका दिन सार्वजनिक गर्ने भिज डक्युमेन्ट-3 लाई संसदको शितकालिन सत्र अघि प्रत्येक सांसदहरूको हातमा पुर्‍याउने लक्ष्य राखेको पनि बताएको छ।

1 comment:

Post Bottom Ad