'भारतीय साहित्यका निर्माता – एम.एम गुरुङ' पुस्तक लोकार्पण - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, November 26, 2019

'भारतीय साहित्यका निर्माता – एम.एम गुरुङ' पुस्तक लोकार्पण

गफसफ.com, कालेबुङ, 26 नोभेम्बर ।
नेपाली साहित्यमा लोक साहित्यकारका रूपमा चिनिएका स्व. माइकल मार्टिन गुरुङ (एम.एम गुरुङ)-को साहित्यिक योगदानलाई मान्यता दिँदै साहित्य अकादमीले प्रकाशित गरेको ‘भारतीय साहित्यका निर्माता – एम.एम गुरुङ’ नामक पुस्तकको आज लोकार्पण गरिएको छ। सिताराम काफ्लेद्वारा लिखित उक्त पुस्तक आज स्व. एम.एम गुरुङकै बोङ बस्ती स्थित निवास स्थान शान्ति कुञ्जमा लोकार्पण गरिएको हो।
सामान्य रूपले पालन गरिएको उक्त पुस्तक लोकार्पण कार्यक्रममा साहित्यकार सलोन कार्थकले अध्यक्षता गरेका थिए। स्व. एम.एम गुरुङकी पत्नी शकुन्तला गुरुङ सँगै परिवार पक्षको विशेष उपस्थितिमा आयोजिक कार्यक्रममा कथाकार प्रदीप गुरुङ, समालोचक डा. इन्द्रबहादुर छेत्री अतिथिका रूपमा उपस्थित रहेका थिए।
सर्वप्रथम स्व. एम.एम गुरुङको तस्वीरमा माल्यर्पण गरेर श्रद्धाञ्जली अर्पण गरिएपछि सुरु भएको कार्यक्रममा ‘भारतेली नेपाली साहित्यका निर्माता – एम.एम गुरुङ’ पुस्तकको लोकार्पण गरिएको हो। गुरुङकी पत्नी शकुन्तला गुरुङ, साहित्यकार सलोन कार्थक, प्रदीप गुरुङ, डा. इन्द्रबहादुर छेत्री, सुवास सोताङ अनि पुस्तकका लेखक सिताराम काफ्लेको बाहुलीबाट उक्त पुस्तकको औपचारिक लोकार्पण गरिएको थियो। यसक्रममा पुस्तकबारे टिप्पणी सुवास सोताङले राखेका थिए। उनले भारतेली नेपाली साहित्यको क्षेत्रमा स्व. गुरुङले पुर्‍याएको योगदानलाई साहित्य अकादमीले पुस्तक प्रकाशित गरेर महत्त्वपूर्ण कार्य गरेको भन्दै ‘बिर्सिएको संस्कृती’ जस्ता पुस्तकका लेखकलाई अनिले नेपाली समाजले नै कतै बिर्सिरहेको त छैन भन्ने प्रश्न उठाए। यसक्रममा उनले जगाउन खोजेको जातिय अनि सांस्कृतिक प्रेमलाई आजका पुस्ताले पनि बुझ्न आवश्यक रहेको बताए।
कार्यक्रममा लेखकीय टिप्पणी सिताराम खाफ्लेले राख्दै स्व. गुरुङसँग आफुले बिताएका क्षणहरूको स्मरण सुनाए। यसक्रममा प्रदीप गुरुङ, डा. इन्द्रबहादुर छेत्री अनि सलोन कार्थकले पनि स्व. एम.एम गुरुङबारे आफ्नो मन्तव्य प्रकट गरेका थिए।

2 comments:

  1. हार्दिक बधाई अनि धेरै धेरै शुभकामना ।
    भारतीय नेपाली साहित्य त होईन होला ??
    भारतीय साहित्यका निर्माता पो होला।

    ReplyDelete
  2. Series is "Makers of Indian LITERATURE"

    ReplyDelete

Post Bottom Ad