संसदमा आज छुट्टै विदर्भ राज गठनको बील पेश हुने; गोर्खाल्याण्डको छैन चर्चा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, November 21, 2019

संसदमा आज छुट्टै विदर्भ राज गठनको बील पेश हुने; गोर्खाल्याण्डको छैन चर्चा

गफसफ.com, कालेबुङ, 22 नोभेम्बर ।
भाजपा सांसद राजु विष्टले दार्जीलिङ पहाड, तराई-डुवर्सको स्थायी राजनैतिक समाधान हुनपर्छ भनि संसदमा आवाज उठाइरहेको अवस्थामा छुट्टै विदर्भ राज्य गठनको बील भने आज संसदमा पेश हुनेछ।  भारतीय जनता पार्टीकै सांसद अशोक नेतेले संसदको चलिरहेको शीतकालिन सत्रमा आज छुट्टै विदर्भ राज्य गठनको बीले पेश गर्ने भएका छन्।

लोकसभाको चलिरहेको सत्रमा आज चर्चा हुने अथवा पेश गरिने बीलहरूको सूची अघिबाटै सार्वजनिक भइसकेको छ। सोही सूचिमा आज छुट्टै विदर्भ राज्य गठनको निजी बील सत्तासिन भारतीय जनता पार्टीका सांसद अशोक नेतेले पेश गर्ने उल्लेख गरिएको छ। उनले वर्तमान महाराष्ट्रबाट छुट्टिएर संवैधानिक रूपले विदर्भ राज्य गठन गर्नुपर्ने माग गर्दै लोकसभामा शीतकालिन सत्रमा आज आफ्नो निजी बील पेश गर्ने भएका हुन्।
एकातिर छुट्टै विदर्भ राज गठनको बील संसदमा पेश हुन लागिरहेको छ भने पहाडका सांसद राजु विष्टले भने गोर्खाल्याण्ड गठनको बीलको चर्चा समेत गरेका छैनन्। आज संसदमा पेश हुने विदर्भ राज्य गठनको बीललाई सरकारले कस्तो प्रकारले हेर्ने हुन् अनि त्यस बीललाई समर्थन गरेको खण्डमा गोर्खाल्याण्ड राज्य गठनको के हुन्छ भन्ने टट्कारो प्रश्न खडा भएको छ।

2 comments:

  1. गोर्खाको आङमा घाम लाग्ने छाॅटा छैन।

    ReplyDelete
  2. BJPसांसद राजु बिष्टको व्यक्तिगत प्रश्न होईन RSS ले गर्दा भाजपालाई पहाड़ भित्र्याएर RSS कार्यकर्ता श्री राजु बिष्टजीलाई सांसद बनाए तर उनि अहिले सडक मंत्रीलाई भेटेर सिलगढीको ट्राफिक समस्याहरुबारे चर्चाहरु गर्नु भई रहेका कुराहरु मेडियामा आई रहेछ।

    ReplyDelete

Post Bottom Ad