‘चामलिङको किल्लामा गोलेको राज’; उपचुनाव जितेर पीएस गोले बनिए छैटौँ निर्वाचित मुख्यमन्त्री - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, October 24, 2019

‘चामलिङको किल्लामा गोलेको राज’; उपचुनाव जितेर पीएस गोले बनिए छैटौँ निर्वाचित मुख्यमन्त्री

गफसफ.com, गान्तोक, 25 अक्टोबर ।
वर्तमान सिक्किमका मुख्यमन्त्री एवम् सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष पीएस गोलेले विधानसभा उप-चुनाव मार्फत् दमदार जीत दर्ता गर्दै सिक्किमका छैटौँ निर्वाचित मुख्यमन्त्री बनेका छन्। गत 21 अक्टोबरका दिन सम्पन्न भएको विधानसभा उपचुनावको मतगणना आज भएको थियो भने मुख्यमन्त्री गोलेले पूर्व मुख्यमन्त्री पवन चामलिङको किल्ला मानिने पोकलोक कामराङ निवाचन क्षेत्रबाट दमदार जीत दर्ता गरेका छन्। उनले विपक्षी पार्टी एसडीएफका प्रतिद्वन्द्वी मोजेस राई 8,953 भोटको अन्तरले पराजित गरेका छन्। यसभन्दा अघि उनी मनोनित मुख्यमन्त्रीका रूपमा आफ्नो कार्यभार सम्हाल्दै थिए भने अब उनी निर्वाचित मुख्यमन्त्री बनेका छन्।
File Photo - P.S Golay (Chief Minister Sikkim) and Pawan Chamling - Ex-Chief Minister
दक्षिण सिक्किमको पोकलोक कामराङ निवाचन क्षेत्र विशेष गरेर पूर्व मुख्यमन्त्री पावन चामलिङको राजनैतिक किल्ला मानिन्दै आएको थियो। यस अघि सोही निर्वाचन क्षेत्रबाट उनले सिक्किम क्रान्तिकारी मोर्चाका प्रार्थीलाई चुनावी मैदानमा हारको स्वाद चखाउँदै बिजय हासिल समेत गरेका थिए। त्यपछि उनले उक्त विधानसभा क्षेत्रबाट राजीनामा दिएपछि उपचुनाव सम्पन्न भएको थियो। जहाँबाट निर्वाचित मुख्यमन्त्रीका रूपमा कार्यभार सम्हालिरहेका पीएस गोले चुनावी मैदानमा ओर्लिएका थिए भने उनले चामलिङको राजनैतिक किल्ला ध्वस्त पारेर निर्वाचित मुख्यमन्त्री बनेका छन्। यसका साथै गान्तोक र मार्तम रूम्तेक निर्वाचन क्षेत्रबाट पनि सिक्किक क्रान्तिकारी मोर्चा समर्थित भाजपा प्रार्थीहरूले बिजय हासिल गरेका छन् भने तीनवटा निर्वाचन क्षेत्रमा सम्पन्न उपचुनावामा एसडीएफले हार स्वीकार्नु परेको छ।
उपचुनावको मतगणना सुरु हुनसाथै सबैको दृष्टि पोकलोक कामराङ समष्टिमा रहेको थियो। यसक्रममा पवल चामलिङको राजनैतिक किल्ला ध्वस्त पार्दै बिजयी बनेका मुख्यमन्त्री पीएस गोलेले परिणाम पछि पोकलोक कामराङ निर्वाचन क्षेत्रका मतदाताहरूलाई धन्यवाद दिएका छन्। उनले आफुहरू व्यवस्था परिवर्तनको पक्षमा रहेको बताउँदै सिक्किमे जनताको पक्षमा आफुहरूले कार्य गरेकै कारण जनताले बिजयी गराएको उनले बताएका छन्।

1 comment:

  1. भूल संसोधन गरौ - गोले ज्युले सिकिम्म क्रान्तीकारीको प्रार्थी लाई होइन तर SDF को प्रार्थी लाई हारको स्वाद चखाएको।

    ReplyDelete

Post Bottom Ad