चिया श्रमिकवर्गले 20 प्रतिशत पूजा बोनस पाउनुपर्ने मागमा भोलि 12 घण्टा पहाड बन्दको घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, October 3, 2019

चिया श्रमिकवर्गले 20 प्रतिशत पूजा बोनस पाउनुपर्ने मागमा भोलि 12 घण्टा पहाड बन्दको घोषणा

गफसफ.com, दार्जीलिङ, 3 अक्टोबर।
चिया श्रमिकहरूको पूजा बोनसलाई लिएर विभिन्न राजनैतिक दलहरूको संयुक्त श्रमिक सङ्गठनले भोलि 12 घण्टाब्यापी पहाड बन्दको घोषणा गरेको छ। 20 प्रतिशत बोनसको मागमा चिया कमानका मालिकवर्गसँग एकाधिक वैठक विफल बनेपछि संयुक्त श्रमिक सङ्गठनले अझै दबाव सिर्जना गर्दै आजदेखि दार्जीलिङमा क्रमिक अन्शन पनि सुरु गरेको छ। यसै अवधी मालिकवर्ग अनि सरकारलाई अझ दबाव दिनका निम्ति भोलि 12 घण्टाब्यापी पहाड बन्दको घोषणा गरेको हो। यस बन्द अवधी आवश्यक सेवाहरूलाई भने छुट दिइएको छ।

पहाडका चिया श्रमिकहरूले पूजा अघि पाउनुपर्ने बोनस सबै श्रमिकसङ्गठनहरूले 20 प्रतिशत पाउनुपर्ने माग गर्दै आएपनि मालिक पक्ष भने 20 प्रतिशत बोनस दिनका निम्ति राजी भएका छैनन्। यसैकारण आजदेखि 7 वटा श्रमिक सङ्गठनका 14 जना नेताहरूले क्रमिक अन्शन सुरु गरेका छन्। आजदेखि सुरु भएको क्रमिक अन्शनमा पूर्व राज्यसभा सांसद एवं माकपा नेता समन पाठक, जाप ब्युरो सदस्य अमर लामा, गोजमुमो विनय गुटका जेबी तामाङ, तृणमूल कङ्ग्रेसका एन.बी खवास लगायत भरत ठकुरी, धिरज राई, एस.के लामा, आर.सी गिरी, दिपक प्रधान, सुनिल राई, भुपेन छेत्री, रेजिना राई, लक्ष्मण प्रधान अनि अल्ताफ हुसेन रहेका छन्।

स्मरण रहोस्, गत 30 सितम्बरका दिन कोलकोतामा पूजा बोनसलाई लिएर मालिकवर्ग अनि श्रमिक सङ्गठनहरूको वैठक विफल बनेपछि पहाडका श्रमिक सङ्गठनहरूले आन्दोलनलाई संयुक्त रूपले अझ दह्रोसँग अघि बढाउन थालेका छन्। प्रत्येकवर्ष दसैँको अघि चिया श्रमिकवर्गले पाउने पूजा बोनस यसपल्ट मालिकवर्गले 20 प्रतिशत दिन रूची देखाएका छैनन् भने पहिलोपल्ट पहाडका सम्पूर्ण राजनैतिक दलहरू भने पूजा बोनस 20 प्रतिशत पाउनुपर्ने मागमा एकवद्ध भएका छन्। यता चिया श्रमिकवर्गले 20 प्रतिशत बोनस आगमी 5 अक्टोबरका दिनसम्म मालिकवर्गले तय नगरे गोजमुमो अध्यक्ष विनय तामाङले आमरण अन्शन सुरु गर्ने घोषणा समेत गरेका छन्।

1 comment:

  1. Sarkar le corer rupia ko loan ta maf gardincha kisan ko bhane ta yo ta bonus ta mageko.

    ReplyDelete

Post Bottom Ad