जम्मु-काश्मीर र लद्दाखलाई युनियन टेरिटोरी बनाउने भाजपाले गोर्खाल्याण्ड पनि बनाउनुपर्छ – विनय तामाङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, August 5, 2019

जम्मु-काश्मीर र लद्दाखलाई युनियन टेरिटोरी बनाउने भाजपाले गोर्खाल्याण्ड पनि बनाउनुपर्छ – विनय तामाङ

गफसफ.com, दार्जीलिङ, 5 अगस्त।
भाजपाले जम्मु काश्मीरलाई दुई भागमा विभाजन गर्दै केन्द्र शासित प्रदेश बनाएपछि गोएखा जनमुक्ति मोर्चाले यता दार्जीलिङ पहाडलाई किन गोर्खाल्याड बनाउँदैन भनि विनय तामाङले प्रश्न गरेका छन्। आज जम्मु काश्मीर अनि लद्दाख केन्द्र शासित प्रदेशमा विभाजन भएपछि तामाङले प्रेस विज्ञप्ति जारी गरेर भाजपाको कार्यप्रणालीमाथि प्रश्न उठाएका हुन्।

‘जम्मु काश्मीरमा जनता र सम्पुर्ण राजनैतिक दलहरु को विरोध रहँदा रहँदैपनि  राज्यलाई दुई भाग गरियो तर गोर्खाजाति र गोर्खाल्याण्डको प्रसङ्गमा हो भने आम जनताको माङ्ग  अनि धेरै दशकदेखि गोर्खा जाति चिन्हारी र अस्तित्वको खातिर भाजपा सरकारले गोर्खाल्याण्ड राज्य गठन किन यस्तो ठोस निर्णय लिँदैन?’ विनय तामाङले अझ भने –‘जम्मु काश्मीर सीमावर्ती राज्य हो जसलाई पाकिस्तान र चीन दुई देशको सीमाले घेरेको छ त्यस्तै दार्जीलिङ  सिलिगुडी र डुवर्सपनि नेपाल , चीन, भुटान र बङ्लादेशले घेरेको जग्गा हो । जसरी राष्ट्रिय सुरक्षा को निम्ति जम्मु काश्मीरलाई दुई भाग गर्न सकिन्छ भने त्यसरी नै राष्ट्रिय सुरक्षाको खातिर यही भाजपा सरकारले  गोर्खाल्याण्ड राज्य गठन गरेको हुनुपर्छ ।’
तामाङले प्रतिक्रिया व्यक्त गर्दै सविधानको धारा 370 लाई हटाएर राज्यलाई दुई भाग गरेर जम्मु काश्मीर र लद्दाखलाई दुई अलग अलग केन्द्र शासित प्रदेश वनाए झैँ सविधानको धारा 3 लाई लिएर अलग गोर्खाल्याण्ड राज्य वा केन्द्र शासित प्रदेश दिनुपर्ने माग गरेका छन्। ‘आज लद्दाखमापनि जीटीए जस्तै स्वायत्त शासन थियो र त्यो लद्दाख स्वायत्त परिषद्लाई बढोत्तरी गरेर लद्दाखलाई केन्द्र शासित प्रदेश बनाउनु सक्छ भने गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनलाईपनि बढोत्तरी  गरेर भाजपा सरकारले केन्द्र शासित प्रदेश बनाएको हुनुपर्छ । आज गोर्खाल्याण्ड राज्य गठनको निम्ति  12 सयभन्दा ज्यादा  हाम्रो सन्तान शहीद भएका छन् - यसको मुल्यांकन भाजपा सरकारले गरेको हुनुपर्छ’ विनय तामाङले भनेका छन्।
उनले आफ्नो बयानमा भाजपा सरकारले लिएको राजनैतिक फैसलामाथि विमल गुरुङ र रोशन गिरी,  राजु विष्ट, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अनि जसले भाजपालाई सहयोग गरे त्यी राजनैतिक पार्टी अनि सघं  सस्थाहरूले आफनो अडान स्पष्ट पार्नुपर्ने पनि माग गरेका छन्। यसका साथै उनीहरूले गोर्खाल्याण्ड को निम्ति यस्तै फैसला होस भन्नको खातिर भाजपा सरकारलाई दवाउ दिनुपर्ने सुझाएका छन्।  यसक्रममा उनले आफुहरूले भने आगामी स्वतन्त्र दिवस पश्चात पार्टीको उच्च स्तरीय बैठक पशचात रणनीति सार्वजनिक गर्ने स्पष्ट पारेका छन्।

1 comment:

Post Bottom Ad