गोर्खे बाल कलाकार अक्षित भण्डारी सुपर डान्सरको आठौँ स्थानमा; सबैले सहयोग गर्नुपर्ने आमाले गरिन् अपिल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, June 3, 2019

गोर्खे बाल कलाकार अक्षित भण्डारी सुपर डान्सरको आठौँ स्थानमा; सबैले सहयोग गर्नुपर्ने आमाले गरिन् अपिल

गफसफ.com, मुम्बई 3 जुन।
आर्थिक रूपले विपन्न परिवारमा जन्मेका गोर्खे बाल कलाकार अक्षित भण्डारीले नृत्यको दुनियामा आफ्नो प्रतिभाद्वारा सबैलाई चकित पारिरहेका छन्। देहरादुनका गोर्खा बाल कलाकार अक्षित भण्डारी अहिले सोनि टेलिभिजनद्वारा प्रस्तुत हुने सुपर डान्सर कार्यक्रमको आठौँ चरणमा पुगेका छन्। यसक्रममा उनलाई बिजय बनाउन सबैले सहयोग गरिदिने अक्षितकी आमा पार्वती भण्डारीले अपिल गरेकी छन्।
गोर्खा बाल कलाकार अक्षित भण्डारीका बाबाले रिक्सा चलाएर जीविका उपार्जन गर्छन् भने उनकी आमाले घरेलु कार्य गरेर परिवारको पाल पोषण गर्छिन्। यस्तो अवस्थामा छोरा अक्षित भण्डारीले आफ्नो प्रतिभा प्रस्तुत गरेर सुपर डान्सरको आठौँ स्थानमा पुगे पनि उनको प्रचार प्रसारमा कमी आएको कारण एउटी आमाको मन खिन्न भएको छ। सोहिकारण सुपर डान्सर कार्यक्रममा आठौँ स्थानमा पुग्न सफल बनेका गोर्खे बाल कलाकार अक्षित भण्डारीलाई सबैले सहयोग गरिदिने आमा पार्वती भण्डारीले अपिल गरेकी छन्।
‘हामी त गरीब परिवारका मानिसहरू हौँ। तैपनि मेरो छोराले आफ्नो प्रतिभा प्रस्तुत गर्दै सुपर डान्सर कार्यक्रममा आठौँ स्थान पुग्न सकेको छ। यतिबेला सबैले मेरो छोरलाई तपाईँहरू सबैले आफ्नै छोरा सम्झेर सहयोग गरिदिने अपिल गर्दछु’ अक्षित भण्डारीकी आमा पार्वती भण्डारीले भनिन्।
‘हेर्नुहुँदैछ मेरो छोराले नाँचेको?’ उनले गफसफ-सँग कुराकानी गर्दै भवुक मुद्रामा भनिन् –‘मैले त यत्रो ठूलो मञ्चमा मेरो छोरा आठौँ स्थानमा पुग्ने सपनामा पनि सोँचेको थिइन। अब उनलाई जिताउँन सबै विश्वभरीका गोर्खाहरूलाई विशेष आनुरोध गर्दछु।’ उनले आफ्नो छोराले प्रतिभा बलमा अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्दै आए पनि उनलाई बिजय गराउन भोटको आवश्यक भएकै कारण सबैले भोट गरिदिने अपिल गरेकी हुन्।
उनले परिवारको आर्थिक अवस्था दुर्बल भएको कारण प्रचार-प्रसार माध्यम अन्तर्गत भनेजस्तो अभियान सञ्चालन गर्न नसकेको बताउँदै सबै प्रियजनहरूलाई स्वेच्छाले सहयोगका निम्ति अघि आइदिने अपिल गरेकी छन्। उनले मुम्बईजस्तो महानगरीमा सहयोग पुऱ्याउने हातहरू खुबै कम रहेको कारण आफ्नो छोरा अक्षित भण्डारीले प्रतिभा हुँदाहुँदै पनि मोबाइलबाट पाउनुपर्ने भोटको कारण धेरै कठिनाइ झेल्नुपरिरहेकोमा उनले दुख पोखेकी छिन्।
मूल रुपमा देहरादुननिवासी अक्षित भण्डारी आफ्नो अपूर्व नृत्यप्रतिभाको जादु प्रदर्शन गर्दै आज भारतको सबैभन्दा लोकप्रिय रियलिटी शो सुपर डांसरको नवौँ स्थानमा सुरक्षित रहे तापनि ग्रान्ड फिनालेसम्म पुग्न पनि उनलाई भनेजस्तो भोट नपाइरहेको कारण धौधौ परिरहेको छ। प्रत्येक शनिबार अनि आइतबार सोनी टिभीबाट बेलुकी आठ बजीदेखि प्रस्तुत हुने उक्त रियलिटी शो कार्यक्रममा अक्षितको नाच हेरेर राती आठ बजीदेखि बाह्र बजीभित्र सोनी लिभ एप्समार्फत् एउटा सिमबाट पचासपल्टसम्म भोट गर्नसकिने उनले बताएकी छिन्।
अक्षित भण्डारीलाई भोट गर्न तलको लिङ्क थिच्नुहोस् अनि सोनि लिभ एप डाउनलोड गरेर आगामी शनिबार अथवा आइतबार भरपुर भोट गर्नुहोस् - Click Here

2 comments:

Post Bottom Ad