दार्जीलिङमा बड्यो तनाव : भाजपा प्रार्थी निरज जिम्बामाथि आक्रमण, दुईजनामाथि प्राथमिकी दर्ता - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, May 2, 2019

दार्जीलिङमा बड्यो तनाव : भाजपा प्रार्थी निरज जिम्बामाथि आक्रमण, दुईजनामाथि प्राथमिकी दर्ता

गफसफ.com, दार्जीलिङ, 2 मई।
भारतीय जनता पार्टीका दार्जीलिङ उपचुनाव प्रार्थी निरज जिम्बालाई चुनाव प्रचारको क्रममा हमला भएको छ। दार्जीलिङ ह्याप्पी भेल्ली चियानकमान पुगेका भाजपा प्रार्थी निरज जिम्बामाथि हमला गर्नका साथै उनको वाहन तोडफोड समेत गरेको छ। यसक्रममा भारजा प्रार्थी जिम्बाले उक्त हमला गोजमुमो विनय गुटका समर्थकहरूले गरेको आरोप लगाउँदै दार्जीलिङ पुलिस थानामा प्राथमिकी दर्ता समेत गरेको छ।

‘मलाई हमला गर्न भन्दा अघि हमला गर्ने व्यक्तिले विनय तामाङ जिन्दावाद, अनित थापा जिन्दावाद भन्दै निरज जिम्बा मुर्दावादको नारा लगाइरहेको थियो। हमला गर्ने व्यक्तिहरू दुईजना क्रमैले रदीन गुरुङ अनि अनिल राई हुन्। रदीन गुरुङको हातमा धारिलो हतियार थियो अनि अर्कोले बाइक चलाइरहेको थियो’ घट्नाबारे निरज जिम्बाले पत्रकारहरूलाई बताए। यसक्रममा उनले आक्रमणकारीहरू विरुद्ध प्रातमिकी दर्ता गरेको जानकारी दिएका छन्।

उनले यदि आफ्ना समर्थकहरू त्यहाँ नभएको भए अनि आफु सतर्क नबनेको भए आफ्नो मृत्यु समेत हुनसक्ने थियो भनि निरज जिम्बाले बताएका छन्। ‘यो घट्नाबारे मैले थानामा प्राथमिकी दर्ता गरेको छु’ जिम्बाले भने। 

उनले पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा गोजमुमो महासचिव अनित थापालाई गुण्डाको संज्ञा दिँदै उनले नै दार्जीलिङमा अशान्ति फैलाउने प्रयास गरिरहेको आरोप लगाएका छन्। यसक्रममा जिम्बाले उक्त आक्रमणले आफु पटक्कै विचलित नहुने भन्दै जनता पूर्णरूपले आफ्नो साथमा रहेको दाबी गरेका छन्।

1 comment:

Post Bottom Ad