भूमिगत नेता विमल गुरुङले पहिलोपल्ट स्वीकारे आफ्नो भूल ; भने –‘हिजोसम्म मान्छेलाई गुमराह मात्र गर्ने काम गर्‍यौँ अब ‘नयाँ सोँच र नयाँ विचार लिएर’ काम गर्नुपर्ने समय आएको छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, May 3, 2019

भूमिगत नेता विमल गुरुङले पहिलोपल्ट स्वीकारे आफ्नो भूल ; भने –‘हिजोसम्म मान्छेलाई गुमराह मात्र गर्ने काम गर्‍यौँ अब ‘नयाँ सोँच र नयाँ विचार लिएर’ काम गर्नुपर्ने समय आएको छ’

गफसफ.com, कालेबुङ, 4 मई।
अप्ठ्यारो राजनैतिक परिस्थितिसँग जुझ्न परेपछि साझा मञ्च अथवा अल पार्टीको वकालती गर्ने अनुकूल स्थिति बनेपछि अल पार्टी च्याप्टर क्लोज’-भन्ने भूमिगत नेता विमल गुरुङले फेरि एकचोटि साझा मञ्चको प्रस्ताव दिएका छन्। गुरुङले एक अडियो सन्देश जारी गरेर पहाडका सम्पूर्ण राजनैतिक दलहरूलाई एक बनेर लक्ष्य प्राप्तिको निम्ति अघि बड्नुपर्ने आह्वान गर्दै साझा मञ्चको प्रस्ताव दिएका छन्।


हिजोसम्म हामीले आ-आफ्नो दलको झण्डा बोकेर जिन्दावाद र मुर्दावादको नारा लगाउँदै एकार्कमा विभिन्न प्रकारको गुनासोहरू पोखाउने कामहरू गर्यौँ। एकार्कलाई गाली गर्ने कामहरू गर्यौँ। यसैले आजसम्म गोर्खाहरूले न्याय पाएका छैनन्। यसैले सम्पूर्ण राजनैतिक दलहरूलाई अब हामी एक बनेर एउटा रणनीति बनाउनुपर्ने आह्वान गर्दछु विमल गुरुङले अडियो सन्देशमा भनेका छन्।
उनले गोरामुमो, क्रामाकपा, जाप, गोरानिमो, हिल कङ्ग्रेस, सीपीआई (एम), जीएसएस आदिको नाउँ लिँदै सबै एकजुट बनेर नयाँ रणनीति बनाउनुपर्ने आवश्यक्ता रहेको बताउँदै हिजोसम्म मानिसहरूलाई केवल गुमराहगर्ने काम मात्र गरेका छौँ भनेका छन्।
हिजोसम्म हामीले तेरो पार्टी यस्तो र त्यस्तो भन्ने काम गर्दै मान्छेलाई गुमराह मात्र गर्ने काम गर्यौँ। यसैले नयाँ सोँच र नयाँ विचार लिएरकाम गर्नुपर्ने समय आएको छ’ विमल गुरुङले भनेका छन्। उनले यतिका दिनसम्म आफुहरूले भोग्न परिरहेको दुख, कष्टकै कारण अहिले आफुसँग सबै पार्टीहरू मिलेर एउटा साझा योजना बनाउनुपर्छ भन्ने विचार आएकै कारण उनले उक्त विचार अडियो मार्फत सार्वजनिक गरेको पनि खुलस्त पारेका छन्।
विनय तामाङ र अनित थापाहरूलाई एकैशब्द गालि नगरी पहिलोपल्ट जारी गरेको अडियो सन्देशमा गुरुङले विनय तामाङले भन्दै आएको नयाँ सोँच र नयाँ विचारको’-को वकालती पनि गरेका छन्। यसक्रममा उनले आफ्नो विचारमा कतिपय भूलहरू भए त्यस भूलप्रति माफी माग्दै गुरुङले आफुलाई सुझाव दिने अपिल पनि गरेका छन्।
समय धेरै बित्यो। यति धेरै समय बितेर जाँदा पनि हामी राजनैतिक नेताहरूले भने केवल आफ्नो स्वार्थको राजनीति मात्र गरेका हुन्छौँ विमल गुरुङले अडियो सन्देशमा पहिलो पल्ट आजसम्म गर्दै आएको राजनीति स्वार्थप्रेरित थियो भन्ने कुरा आफैले स्वीकार गरेर भनेका छन्।
अब उप्रान्त दार्जीलिङको सम्पूर्ण राजनैतिक दलहरू सबै मिलेर दिल्लीलाई देखाउन एक भएर काम गर्नुपर्छ। अहिलेसम्म छिन्न भिन्न भएर काम गर्यौँ । अब यो पाँचवर्ष कतै खेरो नफाली सबै पार्टीहरू मिलेर दिल्लीमा हुने सानो ठूलो सबै वार्तामा हामी सबै पार्टीका प्रतिनिधीहरू त्यहाँ जानुपर्छ। नयाँ सरकारसँग जतिबेला हाम्रो वार्ताहरू हुनेछ त्यसमा सबै पार्टीका दुईजना प्रतिनिधी त्यहाँ हुनपर्छ। हामी सबै मिलेर अब अघाडी बडुपर्छ। यो अपिल गर्न चाहन्छु विमल गुरुङले अझ भने – ‘म गोजमुमो पार्टीको अथवा म गोरामुमो पार्टीको हो अनि मैले एम.पी चुनेको हो भन्ने सोंचेर होइन तर जातिलाई अघि बडाउने काम गर्नुपर्छ।
उनले आफ्नो अडियो सन्देशमा बारम्बार सम्पूर्ण राजनैतिक दलहरूलाई एकबन्नुपर्ने आह्वान गर्दै आफ्नो सन्देशलाई सबैले बुझिदिने अपिल गरेका छन्। अब उप्रान्त आगामी 23 मईपछि एउटा टोलि तयार पार्यौँ  अनि जबसम्म दिल्लीबाट हाम्रो पोलिटिकल समस्याको समाधान हुँदैन तबसम्म एकैमुद्दामा लागि परौँ। यसको निम्ति विमल गुरुङको ग्रुप अथवा जीएनएलएफ, जाप, क्रामाकपा, गोर्खालिग वा सीपीआई(एम)को ग्रुप मात्रै हुनपर्छ भन्ने होइन तर सबै एक भएर जानुपर्छ अब हामी एउटै साझा मञ्च बनाएर जानुपर्छ विमल गुरुङले भनेका छन्।
यसक्रममा उनले राजनैतिक दल नभएर जातिको निम्ति सबै एकहुनपछ भन्दै एउटा भाषा बोल्नेहरूको एउटा साझा गोर्खाको प्रतिनिधी भनेर दिल्ली जानुपर्ने उनले अपिल गरेका छन्।



1 comment:

  1. सुविधावादी मौकावादी धोकेवाज अप्ठ्यारो पर्दा सबैलाई गुहार माग्छ पछि फेरि सबैलाई खेद्छ। अल पार्टी च्याप्टर क्लोज भन्ने बिचरा साह्रै परेछ खुच्चिङ।

    ReplyDelete

Post Bottom Ad