भाजपा प्रार्थीलाई लिएर विमल गुटमा असन्तुष्टको लहर सुरु ; विमल गुरुङका राजनैतिक सल्लाहकार स्वाराज थापाले दिए राजीनामा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, March 24, 2019

भाजपा प्रार्थीलाई लिएर विमल गुटमा असन्तुष्टको लहर सुरु ; विमल गुरुङका राजनैतिक सल्लाहकार स्वाराज थापाले दिए राजीनामा

गफसफ.com, कालेबुङ, 24 मार्च।
एक समय जीटीएको सत्तामा हुँदा गोजमुमो पार्टीका वर्तमान भूमिगत नेता विमल गुरुङका राजनैतिक सल्लाहकार रहेका स्वाराज थापाले गोजमुमो (विमल गुट) बाट राजीनामा दिएका छन्। भूमिगत नेता विमल गुरुङले गोरामुमो पार्टीसँग मिलेर मणिपुर निवासी राजु विष्टलाई दार्जीलिङ लोकसभा आसनबाट प्रार्थी बनाएपछि असन्तुष्ट बनेका स्वाराज थापाले आफ्नो फेसबुक मार्फत् राजीनामा पत्र सार्वजनिक गरेका छन्।
विमल गुरुङ (देब्रो) अनि उनका एक समयका राजनैतिअ सल्लाहकार स्वाराज थापा (दाहिने)
विमल गुरुङलाई सम्बोधन गरि लेखेको उक्त राजीनामा पत्रमा थापाले गोजमुमो पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको सुरुमानै घोषणा गरेका छन्। यसक्रममा उनले भाजपा पार्टीबाट दार्जीलिङ लोकसभा आसनमा राजु विष्टलाई प्रार्थी बनाइएकोमा पनि कडा आपत्ती जनाएका छन्।
‘म दार्जीलिङ लोकसभा सिटको निम्ति बाहिरका प्रार्थीलाई ल्याउने बिचारप्रति कडा विरोध गर्दछु, जसको सिमित राजनैतिक ज्ञान अनि गोर्खाल्याण्डको मुद्दा र दार्जीलिङको मुद्दाप्रति कुनै चासो नै छैन’ विमल गुरुङका निकटतम मानिने स्वाराज थापाले भनेका छन्।
उनले दार्जीलिङ पहाडबाट एकजना योग्य उम्मेद्वार नपाउनुमा दुर्भाग्यपूर्ण बताउँदै यदि पहाडबाट नै योग्य उम्मेद्वार खाडा गरेको भए उसले नै दार्जीलिङ पहाडवासीको समस्यालाई अघि बडाउनका साथै गोर्खाल्याण्डको मुद्दालाई समेत अघि बडाउन सक्ने थियो भनेका छन्। यसक्रममा अहिले सबैले राजु विष्ट को हो? भन्दै प्रश्न गरिरहेको तर यसको जवाब भने कसैसित नरहेको पनि बताएका छन्।
‘यो एउटा अत्यन्तै दुखद् हो कि हामी आफैले दिल्ली अथवा कोलकोताको राजनैतिक ताकतहरूको कठपुतली बन्न दियौँ। दार्जीलिङ अनि यहाँका मानिसहरूले आउने दिनहरूमा अझ धेर समस्या झेल्न पर्नेछन्’ स्वाराज थापाले अझ भनेका छन् –‘भाजपाले हाम्रो नेतृत्वको मजबुरीको फाइदा उठाइरहेका छन्। यो भन्दा अझ दुखद् के छ भने हाम्रो नेतृत्व उनीहरूको हातमा सुम्पियौँ अनि उनीहरूकै हातमा नाच्ने भयौँ’।  
यसक्रममा स्वाराज थापाले भाजपाले दार्जीलिङ आफ्नो कब्जामा लिएर दार्जीलिङका जनता उनीहरूको गोजीमा छन् भन्ने सोँच्ने गरेको भनि आरोप लगाएका छन्।  उनले एस.एस आहलुवाली एकजना अनुभवी नेता हुँदा हुँदै पनि कहिले पनि हाम्रो पक्षमा नबोलेको भन्दै अब दार्जीलिङ पहाडको अवस्थाबारे कहिल्यै केहि नजान्ने व्यक्तिले बोल्नेछन् भन्ने के आशा साँच्न सक्छौँ’ भन्ने कुरालाई पनि स्वाराज थापाले उठाएका छ।
‘भूमिपुत्रको विचार त्यस अर्थमा आएको हो जो दार्जीलिङका मानिसहरूसँग भावानात्मक रूपले आवद्ध बनेका होस् अनि पछिल्लो दुईवर्षमा हामी भोगेका समस्याहरूबारे बोल्न सक्ने होस् भन्ने थियो। तपाईँलाई थाहै छ कि सम्पूर्ण जनताहरूको समस्याबारे दिल्लीमा कोहि नबोलिदिँदा सबै निराश भएका थिए। अब अहिले आएर भाजपाले तपाईँको सल्लाह अनुसार राजु विष्टलाई यहाँ पठाउने दुखद निर्णय लिएको छ जसलाई दार्जीलिङका मानिसहरूले भोग्न परेको समस्याबारे कुनै जानकारी समेत छैन’ स्वाराज थापाले विमल गुरुङलाई सम्बोधन गरि लेखेको राजीनामा पत्रमा भनेका छन्। यसका साथै उनले दार्जीलिङका जनताको पक्षमा आफ्नो क्षमता अनुसार कार्य गर्ने पनि स्पष्ट पारेका छन्।

3 comments:

  1. Our people are opportunist.. All this time swaraj thapa was supporting gorkhaland or morcha just thinking that he might get MP ticket..i m fed up of our people our enemy is neither mamta banerjee or any other people but our own . There is never unity. . Seeing this other takes advantage. .. Please don't make it a issue...

    ReplyDelete
  2. Very rightly said @,Bhavana Thakuri.our people try to become more opportunistic disregarding common aspirations of the hill people and Gorkha in specific.

    ReplyDelete
  3. He is adviser he should advise to very authentic view of Darjeeling for upcoming elected MP,instead to finger Bimal Gurung.Bimal Gurung is a one and only leader of Indian Gorkhas rest of just oppurtunities leader only...

    ReplyDelete

Post Bottom Ad